गुल्मीमा पेट्रोलमा मिसाव नभएको पुष्टी

प्रेम सुनार

गुल्मी, कार्तिक–१४ । गुल्मीमा दशैताका एक आयल स्टोर्समा पेट्रोलमा डिजेल मिसावट भएको भन्दै गरेको विरोध , विरोधका नाममा विरोध मात्रै सावित भएको छ ।

सदरमुकाम तम्घासको दिपक बोहरा आयल स्टोर्समा दशैको समयमा पेट्रोलमा मिसावट भएको भन्दै नेपाली कांग्रेस रेसुङ्गा नगर समिति, सो पार्टी निकट नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले जिल्ला प्रशासन कार्यालय गुल्मीमा ज्ञापन पत्र बुझाउँदै तत्काल उक्त आयल स्टोर्सलाई कार्बाही नगरे कडा आन्दोलनमा उत्रिने चेतावानी दिएको थियो ।

सोही अनुरुप जिल्ला प्रशासनले प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । समितिले प्रतिवेदन सार्वाजनिक गर्दै पेट्रोलमा डिजल मिसावट भएको प्रमाण नजुटेको पुष्टी गरेको छ ।

समितिका संयोजक पाण्डेले भने–‘ समितिले सुक्षम ढंगले छानविन गर्दा मिसावट भएको प्रमाण कतै भेटाउन सकेन , दशैको समयमा त्यस पम्पबाट एक हजार मोटर साईकलमा पेट्रोल राखेको पाईयो । ति मध्ये सात आठ वटा मोटर साईकलमा खराबी आएको पाईए पनि त्यसको कारण पोट्रोलका कारण खरावी आएको पुष्टी हुन सकेन । केहि राजनैतिक दलले त्यस्तो बिषय उठाए पनि अन्य कतैबाट मिसावट भएको गुनासो समेत आएको छैन ।’

समितिले ठुलो मेहनतका साथ प्रतिवेदन तयारी गरी सार्वाजानिक गरेको भन्दै प्रमुख जिल्ला अधिकारी यदुनाथा पौड्यालले धन्यबाद दिएका छन । नेपाली कांग्रेसका उपसभापति विष्णुप्रसाद बलालले भने प्रतिवेदन राम्ररी अध्यान गरेर मात्र पार्टीले प्रतिकृया दिने बताएका छन ।

समितिमा पाण्डेका अलवा प्रशासनका नायव सुब्बा तुल्सीराम न्यौपाने , जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक ओमप्रसाद पौड्याल सहित तिन सदस्यीय थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ