जिल्ला समाचार

गुल्मीमा पहिलो पटक पर्यटन पत्रकार संघको गठन

हुमाकान्त पोखरेल

२६ चैत, गुल्मी । नेपाल पर्यटन पत्रकार संघ जिल्ला शाखा गुल्मीको अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले कौरव खत्रीको अध्यक्षतामा ११ सदस्यिय ‘नेपाल पर्यटन पत्रकार संघ जिल्ला कार्य गुल्मी’ को गठन गरेको छ ।

जसको उपाध्यक्षमा हिम त्यागी, गंगा भण्डारी, सचिवमा अनिश शर्मा, सह सचिवमा हुमाकान्त पोखरेल र कोषाध्यक्षमा कविराज भुसाल लगायत रहनुभएको छ । त्यस्तै अधिवेसनले पत्रकार महासंघका पूर्व अध्यक्ष जनार्दन घिमिरेको संयोजकत्वमा तिन सदस्यिय सल्लाहकार समितिको पनि गठन गरेको छ । जसको सदस्यहरुमा पत्रकार महासंघका उपाध्यक्ष अनिल खत्री र पत्रकार महासंघका केन्द्रिय पारषद् प्रेम सुनार रहनुभएको छ ।

जिल्लाका धार्मिक तथा पर्यटकिय स्थलहरुको प्रचार–गरी पर्यटन प्रवर्धनमा सहयोग गर्ने उदेश्यले पर्यटन पत्रकार संघको गठन गरिएको हो । संघको पहिलो बैठक बसी जिल्लाका पर्यटकिय क्षेत्रहरुको पहिचान गर्ने, सँस्थाको आधिकारीक वेभ साइट खोल्ने, स्थानिय तहसँगको समन्वयमा पर्यटकिय क्षेत्रहरुको प्रचार–प्रसार गर्ने लगायतका निर्णय पनि गरेको सचिव गैरेले जानकारी दिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D