जिल्ला समाचार

गुल्मीमा पशुपालन व्यवसाय र व्यवसायीकरण सम्बन्धी एक दिने गोष्ठी

सन्तोष महतारा
गुल्मी, जेठ १४ । गुल्मीमा जिल्ला स्तरिय एक दिवसीय अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ । पशुपालन ब्यबसायको ब्यबसायीकरण, दूध र मासु उत्पादन एवं उत्पादकत्व वृद्धि तथा बजारीकरणका लागि जिल्लामा एकदिवसीय गोष्ठी सम्पन्न भएको हो ।
गोष्ठी नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजना बिकेन्द्रित आयोजना सहयोग इकाई,बुटवल को आयोजनामा सम्पन्न भएको हो । कार्यक्रमको मुख्य उद्देश्य कृषि पशु व्यवसाय उत्पादन र उत्पादकत्व मा वृद्धि गर्ने रहेको बताइएको छ ।

कार्यक्रम देशका २८ जिल्ला जसमा प्रदेश नम्बर ५ का सात जिल्लामा गोष्ठी संचालन भइरहेको छ । पशुपालन ब्यवसाय अझै फस्टाएर ब्यवसायीकरण गर्न विशेष गरि उत्पादन र उत्पादकत्वको वृद्धि गर्न सघाउने उद्देश्यले गोष्ठी आयोजना गरीएको हो ।

सोहि गोष्ठीले खाद्यपदार्थमा देशलाई समृद्धि वनाउने, गरिबी हटाउने, कुपोषण हुन नदिने पशु ब्यवसाय सम्बन्धि खाद्यपदार्थ आयात नगरी निर्यात गर्ने मुख्य उद्देश्य राखेको छ ।
गोष्ठीमा आयोजनाका प्रतिनिधिले स्थानिय तहका प्रमुख हरुलाई कृषि ब्यवसाय मा बजेट प्रयाप्त छुट्टाएर सोहि कार्यान्वयन गरेर आफ्नो स्थानीय तह आफै समृद्धि तुल्लाउन अनुरोध गरेका छन् ।
कार्यक्रममा नेपालमा पशुपालनको वर्तमान स्थिति, यसको आवश्यकता,महत्त्व को बारेमा जानकारी गराइएको थियो ।

विश्व बैकको ऋण सहयोगमा संचालन भएको कार्यक्रमले कुषि र पशु क्षेत्रमा उत्पादन वृद्धि तथा उत्पादकत्व को वृद्धि गर्ने नेपाल लाइभस्टक सेक्टर इनोभेसनले जानकारी दिएको छ । कार्यक्रमले कृषि क्षेत्र र पशुपालनको क्षेत्रको समृद्धि ल्याउने आशा गरिएको संस्थाले जनाएको छ ।

कार्यक्रममा बोल्दै धैरेजसोले अबका दिनमा कुषि र पशुपालनमा सुधार हुनुपर्ने बताएका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुली जिल्ला प्रशासन कार्यालय प्रमुख यदुनाथ पौडेल जिल्लाका का १२ वटै स्थानीय तहका प्रमुख, विभिन्न संघ संस्थाका प्रतिनिधि, कृषक लगायतको उपस्थिति रहेको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D