जिल्ला समाचार

गुल्मीमा परदेश जानेहरुको लागि हप्तामा २ दिन कोभिड खोप

गुल्मी, १९ पुस । गुल्मीमा परदेश जानेहरुको लागि कोभिड बिरुद्धको खोप दिन सुरु गरिएको छ ।

पुस २० गतेबाट गुल्मी अस्पतालको खोप केन्द्रबाट हप्तामा दुई दिन मंगलबार र शुक्रबार खोप दिइने स्वास्थ्य कार्यालय गुल्मीका निमित्त प्रमुख पशुपति आचार्यले जानकारी दिए । आवश्यक व्यक्तिलाई जेनसेन खोप प्रदान गरिने छ । जोनसोन खोप ५ डोजको हुने भएकाले पालिकाबाट समुहमा पठाउन आचार्यले अनुरोध गरे ।

समुहमा आए जुन दिन पनि खोप लगाउने सुविधा उपलब्ध रहेको छ । यो खोप परदेश जानेहरुको लागि मात्र र नि:शुल्क हुने आचार्यले बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D