जिल्ला समाचार

गुल्मीमा नेपाल राष्ट्रिय शिक्षक संगठनका अधिवेशन धमाधम

गुल्मी, ५ मंसिर । गुल्मीमा नेपाल राष्ट्रिय शिक्षक संगठनका गाउँपालिका स्तरिय अधिवेशनहरु धमाधम भइरहेका छन् । इस्मा गाउँपालिकामा राम बहादु बिष्टको अध्यक्षतामा नेपाल राष्ट्रिय शिक्षक संगठन इस्मा गाउँकमिटी गठन गरिएको छ ।

कमिटीको उपाध्यक्षमा हरि पन्थी र इसा कुवंर, सचिवमा गंगा बहादुर बिष्ट, उपसचिवमा बालकृष्ण बस्नेत, कोषाध्यक्षमा यादव प्रसाद पाण्डेय र सहकोषाध्यक्षमा जमुना थापा रहेकी छन् । त्यस्तै सदस्यहरुमा सुमन लाल विक, जुना थापा, शिवलाल सुनार, राम बहादुर नेपाली, पदमलाल अधिकारी, शोभाखर भण्डारी, अशोक थापा, चुमा कुवंर र सन्देश घिमिरे रहेका छन् ।

त्यस्तै मुसिकोट नगरपालिकामा दधिराम शर्माको अध्यक्षतामा १३ सदस्य रहेको नेपाल राष्ट्रिय शिक्षक संगठन मुसिकोट नगर कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा बिमला लामिछाने र बाबुराम घिमिरे, सचिवमा महलाल पौडेल, उपसचिवमा बिनु बौद्धचार्य र कोषाध्यक्षमा गोविन्द बिसी रहेका छन् । त्यस्तै मालिकामा युवराज अर्यालको अध्यक्षतामा नेपाल राष्ट्रिय शिक्षक संगठन गठन गरिएको छ ।

कमिटीको उपाध्यक्षमा चुरामणी रेग्मी, सचिवमा गोविन्द पन्थी, उपसचिवमा मोहन घर्ति, कोषाध्यक्षमा तोयनाथ शर्मा र सहकोषाध्यक्षमा लिलावति अर्याल रहेका छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D