जिल्ला समाचार

गुल्मीमा नेपाली सेनाद्धारा पहिलो अपाङ्गमैत्री शौचालय निर्माण

मेयर र मेजरद्धारा बिद्यालयलाई हस्तान्तरण

टोपलाल अर्याल
गुल्मी, ३० चैत। नेपाली सेनाले गुल्मीमै पहिलो पटक अपाङ्गमैत्री शौचालय बनाएर बिद्यालयलाई हस्तान्तरण गरेको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर ४ स्थित सेउघा निमाबिमा बिरभद्रजंग गुल्म, गुल्मीको नेपाली सेना शौचालय निर्माण गरेको हो । दुई महिना लगाएर सेनाले बिद्यालयको लागि अपाङ्ग तथा बालमैत्री चार कोठे पक्की शौचालय निर्माण गर्न गरेको छ । शुक्रबार रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले प्रध्यानाध्यापक कमला गौतलाई शौचालयको चाँबी हस्तान्तरण गरे ।

नेपालीसेना आर्शिवादको पात्र : मेयर

शौचालयको चाँबी हस्तान्तरण गर्दै रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले नेपाली सेनाले राज्यको सुरक्षासंगै समाजिक विकासमा देखाएको सक्रियताको प्रसंसा गरे । ‘एउटा बिपन्न बिद्यालयमा जिल्लामै पहिलो नमुना अपाङ्गमैत्री शौचालय निर्माण हुनु खुसीको कुरा हो,’उनले भने,‘त्यसैले नेपाली सेना बिद्यालय र अभिभावको मात्रै नभएर सवै बिद्यार्थीहरुको आर्शिवादको पात्र हो ।’ उनले आगामी दिनमा बिद्यालयका समस्या नगरपालिकाले पनि पुरा गर्दै जाने बताए । अहिलेसम्म राज्यले बिद्यालय खोल्ने अनुमति दिने तर व्यावस्थापनमा वास्था नगर्ने गरेका कारण थुप्रै बिद्यालयको अवस्था सेउघा निमाविको भन्दा फरक नभएको भुसालले बताए ।

नागरिकसंगको सम्बन्ध स्थापित गर्ने सानो प्रयास : मेजर

बिरभद्रजंग गुल्म, गुल्मीमा गुल्मपति मेजर जनमत बहादुर कार्कीले नेपाली सेना र नागरिकबिचको सम्बन्ध अझै सुमधुर र प्रगाढ बनाउन सेनाले गरेको सानो प्रयास मात्र भएको बताए । कार्कीले नेपाली सेना नेपाल र नेपालीका लागि भएकाले नागरिकको सुख र दुखमा संगसंगै रहने बताए । उनले बिद्यालयमा शौचालय निर्माण गर्ने योजनाको परिकल्पना गर्ने बिरभद्रजंग गुल्म, गुल्मीका पुर्व गुल्मपति मेजर गोविन्द देवकोटाको प्रसंसा गरे । आफुहरुले केन्द्रको निर्देशनलाई पहिलो प्राथमिकतामा राखेर जनताका दुखमा पनि सहजीकरण गरिरहेको बताए ।

स्थानीय र बिद्यालय परिवार खुसी

जिल्लाका धेरै बिद्यालय मध्ये आफुहरुलाई केन्द्रमा राखेर नेपाली सेनाले देखाएको सहयोगी भावनाको बिद्यालय व्यास्थापन समितिका अध्यक्ष हरिलाल पन्थी सम्मान गरे । ‘बिद्यालयले सामान्य शौचालयमै धेरै बर्ष गुजा¥यो,’ अध्यक्ष पन्थीले भने, ‘धेरैलाई गुहार ग¥र्यौ भएन, तर सेनाले स्वतस्र्फुत रुपमा निमार्ण गरेकोमा खुसी छौ ।’ सेनाकै पहलमा जिल्ला शिक्षा कार्यालयबाट निर्माण खर्च बापत एक लाख सहयोग भएको पन्थी बताए । निर्माणाधिन शौचालयको लागत करिव तीन लाख भन्दा वढी रहेको व्यावस्थापन समिति अध्यक्ष पन्थीले जानकारी दिए । सेउघा निमाविका प्रध्यानाध्यापक कमला गौतमले आफुहरुको वा उपभोक्ता समितिको काम गर्ने र सेनाले काम गर्ने निकै फरक रहेको बताइन् । ‘यो शौचालय उपभोक्ता समितिबाट बनाएको भए छ लाख लाग्थ्यो,सेनाले लगभग साढे तीन लाखमा सक्यो,’उनले भनिन,‘त्यो उनीहरुको सक्रियाता नै हो ।’ अहिले सेउघा निमाविमा तीन अपाङ्ग बिद्यार्थीसंगै एक सय ५० जना बिद्यार्थी रहेका छन् । तीन स्थायी र तीन करार गरेर छ जना शिक्षक स्टाफ रहेको प्रध्यानाध्यापक गौतमले बताइन् । उनले बिद्यालयमा बिषयगत शिक्षक नहुनु, दुई व्यस्त सडकको नजिक बिद्यालय हुनु, बिद्यालयको कम्फाउण्ड नहुनु नै प्रमुख समस्या रहेको बताइन् ।

बिपत्संगै समाजिक कार्यमा नेपाली सेना

नेपाली सेना पछिल्लो सयम सामाजिक कार्यमा थप सक्रिय देखिएको छ । बिपतसंगै सामाजिक कार्यमा सेनाले खेलेको भुमिका अत्यन्तै प्रसंसा गर्न लायक रहेको गुल्मी उद्योग बाणिज्यसंघका महासचिव तारा भुसालले बताए । सुरक्षासंगै आगलागी, बाढी पहिरो, दुर्घटना र विभिन्न सरसफाई अभियानमा बिरभद्रजंग गुल्म सक्रिय छ । पछिल्लो समय सेउघा निमाविमा शौचालय निर्माणसंगै रेसुङ्गा नगरपालिका वडा नम्बर २ स्थित धागिथुम भगवती मन्दिर परिसरमा छ वटा मन्दिर समेत निर्माण गरेको छ । मन्दिर व्यावस्थापन समितिको अनुरोधमा झण्डै दुई महिना लामो समय लगाएर मन्दिरहरु निर्माण गरिदिएको मन्दीर व्याबस्थापन समितिका अध्यक्ष शेरबहादुर थापाले जानकारी दिए । नेपाली सेनाले आफुहरुको अनुरोध सहर्स स्विकार गरेर सहजताका साथ काम गरेको थापाले बताए । अहिलेसम्म मन्दीर मर्मत पनि सेनाले नै गर्दै आएको छ । नयाँ मन्दिर निर्माणका लागि पाँच जना व्यक्तिले प्रति मन्दिरको निर्माण सामाग्रीलाई मात्रै ६५ हजार सहयोग गरेका छन् । बाँकी सवै काम सेनाले श्रमदान गरेर निर्माण गरेको थापाले बताए । मन्दिर निकै कलात्मक छन् । सेनाले निर्माण गरेका मन्दिरहरु झण्डै १४ लाख लागत बराबरको रहेको बिरभद्रजंग गुल्मले जनाएको छ । निर्माण गरेका छ वटा मन्दिरहरु मध्ये पाँच वटामा समितिले नयाँ मुर्तिहरु राख्ने र एउटामा सेनाले आफै मुर्ति राख्ने मन्दिर व्याबस्थापन समितिका अध्यक्ष थापाले जानकारी दिए । निर्माण गरेको मन्दिरहरुमा गणेश, सुर्यनारायण, राधाकृष्ण, चण्डीभगवती, भैरवीदेवी लगायतका देवि देवताको मुर्तिहरु रहेका छन् । मन्दिरहरुमा पार्वती थापा, रमेश कुवँर, शिब थापा, उदयबहादुर थापा, प्रेमबहादुर थापाले मुर्ति सौजन्य गरेको उनको भनाई रहेको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D