gulminews logo
बिहीबार, २०७९ भाद्र २

गुल्मीमा नेपाली काङ्ग्रेसकाे क्षेत्रीय पार्टी कार्यालय स्थापना हुने

सन्तोष महतारा
गुल्मी, २३ पुष । गुल्मीमा नेपाली काङ्ग्रेसकाे क्षेत्रीय पार्टी कार्यालय स्थापना हुने भएको छ । गुल्मी निर्वाचन क्षेत्र नम्बर २ को नेपाली काङ्ग्रेस क्षेत्रीय कार्यसमितिकाे पहिलो बैठकले इस्मा गाउँपालिका वडा नम्बर १ को झर्ना घर्ती फाँटमा नेपाली काङ्ग्रेसका क्रियाशील सदस्य गाेपाल खनालको घरमा पार्टी कार्यालय स्थापना गर्ने क्षेत्रीय सभापति चन्द्र बहादुर महतले जानकारी दिए ।

संघीयता पछिको संरचना अनुसार पहिलो पटक बनेको क्षेत्रीय समितिकाे पहिलो बैठक विपि स्मृति भवन तम्घास गुल्मीमा बस्दै पार्टी कार्यालय स्थापना लगायतका महत्वपूर्ण निर्णय गरेको हो । बैठकले निर्वाचित क्षेत्रीय सदस्य चुरामणी भण्डारीलाई काेषाध्यक्षकाे जिम्मेवारी प्रदान गरिएको छ। त्यस्तै निर्वाचित क्षेत्रीय सदस्य बाबुराम मरासिनीलाई क्षेत्रीय प्रवक्ताकाे जिम्मेवारी दिइएको छ ।

नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति चन्द्र बहादुर महतकाे अध्यक्षतामा बसेकाे बैठकले पार्टी कार्यालय स्थापनापछि व्यवस्थापन गर्नका लागि आर्थिक समिति र सामाग्री व्यवस्थापन समिति गठन गरेको क्षेत्रीय सचिव लालमणी भण्डारीले जानकारी दिए ।

क्षेत्रीय उपसभापति तथा प्रदेश सभा ‘क’ सभापति झविन्द्र अर्यालकाे संयाेजकत्वमा आर्थिक समिति गठन गरिएको छ । जसको सदस्यहरुमा अनिल बस्नेत, अर्जुन गिरी, सरिता पन्थी र काेषाध्यक्ष चुरामणी भण्डारी रहेका छन् ।

त्यस्तै सामाग्री व्यवस्थापनकाे लागि क्षेत्रीय उपसभापति तथा प्रदेश सभा ‘ख’ का सभापति रेखा कुमार जिसीकाे संयाेजकत्वमा समिति गठन गरिएको छ । जसको सदस्यहरुमा लालमणी भण्डारी, कृष्ण प्रसाद पाण्डे, चन्द्रकला अर्याल र काेषाध्यक्ष चुरामणी भण्डारी रहेका छन् ।

क्षेत्रीय समितिकाे पहिलो बैठकले क्षेत्र नम्बर २ मा नेपाली काङ्ग्रेसलाई सक्षम र सबल बनाउन महत्वपूर्ण छलफल समेत गरेको छ । बैठकमा नेपाली काङ्ग्रेस गुल्मी क्षेत्र नम्बर २ का सभापति चन्द्र बहादुर महत, उपसभापति तथा प्रदेश सभा ‘क’ का सभापति झविन्द्र अर्याल, उपसभापति तथा प्रदेश ‘ख’ का सभापति रेखा कुमार जिसी, सचिव लालमणी भण्डारी र अनिल बस्नेत, सह-सचिव कृष्ण पाण्डे र अर्जुन गिरी लगायत अन्य सदस्यहरुकाे उपस्थिति रहेकाे थियो । क्षेत्रीय सभापति महतकाे सभापतित्वमा संचालित बैठकको सहजीकरण सचिव लालमणी भण्डारी र अनिल बस्नेतले गरेका थिए ।

यो पनि पढ्नुस्

पुर्वप्रधानमन्त्री खनाल, पुर्वमन्त्री झाँक्री लगायत नेकपा एकीकृत समाजवादीका नेताहरु गुल्मी आउँदै

गुल्मी, भदौ ०२ । पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल गुल्मी आउने

गुल्मीका २१ वर्षिय युवाको उपचारमा १३ लाख रुपैँया सकियो, आर्थिक अभाव भएपछि जोखिम मोलेर गाउँ फर्किदै

टोपलाल अर्यालगुल्मी, भदौ ०२ । गुल्मीको इस्मा गाउँपालिका ४ कुविन्देका २१ बर्षीय मोहन खड्का ।

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D