जिल्ला समाचार

गुल्मीमा नेपालकै नमूना पुस्ताकालय भवन बन्दै

अनिल खत्री
५ कात्तिक, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा किरण पुस्ताकालयको नयाँ भबन निर्माण सुरु भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा रहेको निकै पुरानो पुस्ताकालय किरण पुस्ताकालयको स्वर्ण जयन्तीको अबसरमा सुबिधा सम्पन्न पुस्ताकालय भवन बन्न सुरु भएको हो । २०२५ सालमा तम्घास गाउँ विकास समिति (तत्कालीन लक्ष्मीपुर गाउँ पञ्चायत ) वार्ड नम्बर १ हालको रेसुङ्गा नगरपालिका १ मा रहेको किरण पुस्तकालयको स्थापनाको लामो अबधीमा अत्याधुनिक भवन बन्न सुरु भएको छ । सामान्य स्थानीय एक व्यक्तिको घरमा श्रुती, स्‍मृति, पुराण, कर्मकाण्डका केही पुस्तक पाठ्यपुस्तकहरु संकलन गरी पुस्तकालयको शुभारम्भ गरिएको थियो ।

स्थानीय स्तरमा आबश्यकता अनुसारका पुस्तकहरु स्वयंसेवकहरुले नै किनेर पुस्ताकालय सञ्चालन हुँदै आएको छ । तत्कालिन समयमा तम्घासमा बिद्यालय पनि कम र कहि कतै पुस्ताकालय नभएकाले स्थानीहरु मिलेर स्थापना गरिएको किरण पुस्ताकालयका संस्थापक एवं रेसुङ्गा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख शशि पन्थीले बताए । सामान्य रुपमा स्थापना गर्न लागि परेकाहरुले नै स्वयमसेवकको रुपमा समय दिएर पुस्ताकालय सञ्चालन हुँदै आएको छ । निकै पुरा र जीर्ण अबस्थामा सञ्चालन हुँदै आएको पुस्ताकालयलाई अत्याधुनिक सुविधासम्पन्न कम्प्युटरहरु राखेर ईलाइब्रेरीको व्यवश्था गर्न नयाँ भवन निर्माण कार्य सुरु भएको संस्थापक पन्थीले बताए ।

पुस्ताकालयलाई बिस्तृत रुपमा सञ्चालन गर्ने उदेश्यले अत्याधुनिक उपकरणहरु सहित सञ्चालन गर्ने उदेश्यले भवन माग गरेर बनाउन थालिएको पन्थीको भनाई छ । बिभिन्न चरणमा बिभिन्न ठाउँमा जीर्ण भवन र अबव्यवस्थित रुपमा पुस्ताकालय सञ्चालन हुँदै आएको थियो । भवनलाई जिल्लाको र नेपालकै लागि अत्याधुनिक बनाउने गरि डिजाइन तयार गरिएको छ । नेपाल सरकार पुनरनिर्माण प्राधिकरणको आर्थिक सहयोग रु ३ करोड ४२ लाखको लागतमा ४ तले भवनको सुनिल समिर बाँसुरी जेभीले निर्माणले निर्माणको काम गरिरहेको छ ।

भवनलाई निर्माण कम्पनीले २१ महिनाको अबधीमा सम्पन्न गर्ने सम्झौता गरेको छ । भनव निर्माण कार्य तिब्र गतिमा अगाडी बढिरहको छ । जिल्लाको सदरमुकाम तम्घासमा रहेको किरण पुस्तकलय सबै भन्दा पुरानो किरण पुस्ताकलय हो । साहित्यिक क्षेत्र र पुस्ताकलय क्षेत्रमा काम गर्दै आएको पुस्ताकलयले स्थापना कालदेखि हाम्रो पुरुषार्थ नामक साहित्यिक पत्रिकाको प्रकाशन गर्दै आईरहेको छ । पुस्ताकालय स्थापना हुँदा तम्घासमा कुनै प्रकारका आधुनिक पाठशालाहरू, पुस्तकालय पनि थिएनन् । गाउँघरका पण्डितहरुका घर आँगन पेटीपाठशालाहरु कर्मकाण्ड, ज्योतिष, व्याकरण र पुराणका केही पुस्तकहरु गाउँघरका पण्डितहरूले संग्रह गर्दथे ।

पुस्तकालयका प्रारम्भिक स्वरूप र स्रोत तिनै हुन् । आधुनिक सुविधासम्पन्न ४ तले पक्की भवन निर्माण गर्न श्रम रोजगार मन्त्री गोकर्ण बिस्टले २०७५ कार्तिक १८ गते भवनको सिलान्यास गरेका थिए । भवनको निर्माण कार्य पूरा भएपछि पुस्तकालय अझै बढी वेवस्थित रुपमा सन्चालन हुनेछ । पुस्तकालयमा ५ दशक अघिदेखि नै मेचीदेखि महाकालीसम्मका विभिन्न पत्र(पत्रिकाहरु पढ्न पाईने व्यवश्था मिलाइएको थियो । यस पुस्तकालयमा हाल करीब १० हजार पुस्तकहरु, नेपाली भाषा, संस्कृत भाषा, हिन्दी, अंग्रेजी भाषका समाज उपयोगी संग्रह रहेका छन् । शुरू शुरुमा दर्ता भएका पुस्तकहरु धेरै जीर्ण भएका छन् भने कति च्यातिएर कामै नलाग्ने भएका छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D