जिल्ला समाचार

गुल्मीमा निषेधाज्ञा अटेर गर्ने ३ जना पक्राउ

अनिल खत्री
१२ चैत, गुल्मी । बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोविड–१९) को संक्रमण सतर्कता अपनाउन गुल्मी जिल्लामा निषेधाज्ञा (कफ्र्यू) आदेश अबज्ञा गरेको भन्दै ३ जनालाई नियन्त्रणमा लिइएको छ । जिल्लामा मंगलवारबाट जारी गरिएको निषेधाज्ञा (कफ्र्यू) आदेश अबज्ञा गर्ने ३ जनालाई बुधवार दिउँसो तम्घास बजारबाट पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारी लक्ष्मण पाण्डेयले बताए ।

कोरोना भाइरस (कोविड–१९) को संक्रमण सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीले मंगलवार बिहान एक निषेधाज्ञा (कफ्र्यू) जारी सम्बन्धी सूचना जारी गरेको हो । तम्घास बजार सवारी चलाउने र पसल खोल्नेलाई नियन्त्रणमा लिइएको पाण्डेले बताए । निषेधाज्ञा (कफ्र्यू) आदेशमा सम्झाई बुझाई गर्दा समेत अटेर गरेपछि नियन्त्रणमा लिएको स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) अनुसार चैत ११ गते बिहानदेखि चैत १८ गते बिहान ६ बजेसम्म लागूहुने गरि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

निषेधाज्ञा (कफ्र्यू) मा खाद्ययन्न, तरकारी, फलफुल, दुध, पानी, औषधी, बोक्ने मालवाहक गाडी र एम्बुलेन्स बाहेक मोटरसाइकलसहित अन्य सम्पूर्ण सवारी साधनलाई पूर्ण रुपमा रोक लगाइएको छ । निषेधाज्ञा अबधीमा नागरिकहरु घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।

निषेधाज्ञा (कफ्र्यू) लाई बेवास्ता गरि अनाबश्यक रुपमा हिड डुल गर्ने सवारी चलाउने गरेको फेला पारे कारवाही गरिने प्रमुख जिल्ला अधिकारी शर्माले बताए । नागरिकको स्वस्थ्यको निम्तिी गरिएकाले निषेधाज्ञा (कफ्र्यू) आदेशलाई सिबैले पालना गर्न प्रमुख जिल्ला अधिकारी शर्माले आग्रह गरे ।

अस्पताल, औषधि पसल र पेट्रोलपम्प २४ सौं घण्टा खुला रहनेछन् । निषेधाज्ञा उल्ङघन भए नियन्त्रणमा लिएर संक्रमण रोग ऐन, २०२० अनुसार एक महिनादेखि ६ महिना कैद हुने निषेधाज्ञा (कफ्र्यू) जारी सम्बन्धी सूचनामा उल्लेख गरिएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D