जिल्ला समाचार

गुल्मीमा धमाधम बिप्लप नेता पार्टी परित्याग गर्दै, पार्टी परित्याग पछि विक छुटे

टोपलाल अर्याल
गुल्मी, २२ माघ । नेत्र बिक्रम चन्द ‘बिप्लव समुह’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी नेताहरुले धमाधम पार्टी परित्याग गर्न थालेका छन् । केहि दिन अघि पक्राउ परेको जिल्ला सदस्य गोविन्द विक पार्टी परित्यागसंगै बुधबार रिहा भएका छन् ।

मुसिकोट नगरपालिका ८ का विक प्रतिबन्धित बिप्लप समुहमा सक्रिय रहेको आरोपमा प्रहरीले माघ १२ गते सदरमुकामबाटै पक्राउ गरेको थियो । उनले प्रेस वक्तव्य मार्फत पार्टीको कुनै पनि क्रियाकलापमा सहभागीता नजनाउने र साधारण जीवनयापन गर्ने जनाएपछि जिल्ला प्रशासन कार्यालयले १० दिनपछि रिहा गरेको निमित्त प्रमुख जिल्ला अधिकारी उद्धव पन्थीले बताए । त्यस्तै गत पुस १७ गते मालिका गाउँपालिका १ का ६० बर्षीय दुजमान पुनले पनि जिल्ला प्रशासन कार्यालयमा आएर पार्टी परित्याग गरेका थिए । उनले आफु पार्टीको कुनै भुमिकामा सक्रिय नहुने बताउँदै जिल्ला प्रशासनमा आएर पार्टी परित्याग गरेका थिए ।

प्यूठान जिल्ला माण्डवी गाउँपालिका २ मर्कावाङका ३८ वर्षीय राजेन्द्र बहादुर राउत क्षेत्री पनि साउन १९ गते जिल्ला प्रशासन कार्यालयमा पार्टी परित्याग गरेको पत्र बुझाएपछि रिहा भएका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले ०७६ असार २५ गते गिरफ्तार गरेको थियो । राउत प्यूठान जिल्ला प्रहरी कार्यालय र अर्घाखाँची हुँदै असार २५ गते गुल्मी आएका थिए । प्यूठान, अर्घाखाँची हुँदै गुल्मीसम्म १ सय १ दिनसम्म हिरासतमा रहेका राउतले पार्टी परित्याग गरेको विज्ञप्ति प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेललाई बुझाएका बुझाएर रिहा भएका थिए । विज्ञप्तिमा आफू पूर्व माओवादी लडाकु रहेको र दुई वर्ष पहिले उक्त पार्टीको प्यूठान जिल्लाको जनसरकार प्रमुख भएको उल्लेख थियो । उनले उक्त पार्टीमा संलग्न भई कुनै पनि क्रियाकलापमा नलाग्ने र लागेको ठहर भएमा कानुन अनुसार सजायँ भोग्न मञ्जुर रहेको भनी बिज्ञप्तीमा हस्ताक्षर गरेका थिए ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker