जिल्ला समाचार

गुल्मीमा दोस्रो नौमती बाजा महोत्सव हुँदै, पुर्व उपप्रधानमन्त्री रायमामाझीले उद्घाटन गर्ने

प्रेम सुनार
गुल्मी, असोज ३१ । गुल्मीको वामीमा देश विदेशमा रहेका युवाहरुले दशैमा घर आएको बेला नौमति बजा महोत्सवको आयोजना गरेका छन् । बेलायतमा गुल्मीकै ओम थापा काउछाले संरक्षण गर्दै आएको नौमती बजालाई वामीका युवाहरुले पनि पछ्याउँदै वामीटक्सारमा कार्तिक ५ र ६ गते नौमति बाजा महोत्वको आयोजना गरेका हुन ।

गायक कलाकार समेत रहेका वामीका बैकुण्ठ रायमाझीले भने, ‘यस अघि पनि हामीले नौमति बजा महोत्सव आयोजना गरीसकेका छौं, यो दोश्रो महोत्सव हो । यस आयोजनाले लोपोन्मुख अबस्थामा रहेका नौमाति बाजाहरुको संरक्षणमा टेवा पुग्ने उद्देश्यका साथ विभिन्न मुलकबाट दशै मान्न आएका हामी वामीवासीले यस्तो जमर्को गरेका हौं । ’

रायमाझीका अनुसार महोत्सवको उद्घाटन गर्न पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी आउने निश्चित भएको छ । उद्घाटन पछि बाजा प्रतियोगिता सुरु हुने छ । बाजा तालमा पुर्व उपप्रधानमन्त्री तथा नेकपाका प्रभावशाली नेता रायमाझी सहितका नेता र जनप्रतिनीधीहरु सर्वसाधरण संगै झुम्ने छन ।

दोश्रो दिन बरिष्ठ लोक गायक तथा चलचित्र निर्माता एवं संगितकारायण रायमाझी लगायत दर्जनौ कलाकारको बेजोड प्रस्तुती रहने छ । महोत्सव प्रचार प्रसार समिति संयोजक रामकृष्ण कँडेलका अनुसार बाजा प्रतियोगितामा सहभागी हुन प्रशिद्ध मुसिकोटे बाजा, आँपचौर, तुराङ, वामी, चन्द्रकोट बाग्लुङ्ग सम्मका बाजा समुहहरु सहभागि हुने र अन्तिम तयारी समेत पुरा भई सकेको छ ।

प्रथम देखि सन्तवाना पुरस्कार समेतका धनराशी निकै आकर्षक राखिएकोले कडा प्रतिष्पर्धार रमाईलोपन बढि हुने देखिएको मुसिकोट नगरपालिकाले जनानएको छ । त्यस कार्यक्रमको रेसुङ्गा टेलिभिजन सहित रेसुङ्गा मिडिया प्रा.लि गुल्मीले प्रचार प्रसारको मुख्य जिम्मेवारी लिने भएको छ । जसलाई बिश्वभर रहेका नेपालीहरुले हेर्न पाउने छन ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D