gulminews logo
शुक्रबार, २०७९ जेष्ठ ६

गुल्मीमा दीर्घरोगीकोलाई घरमै निशुल्क औषधी

Share on facebook
Share on twitter
Share on whatsapp
Share on email

अनिल खत्री
१३ बैशाख, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका रोगीलाई घरमै निशुल्क औषधी बितरण गरेको छ । बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) को रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनका कारण सार्वजनिक यातायातका साधनहरु नचलेको बेला गाउँपालिकाले दीर्घरोगी र असाध्य रोगीका लागि १ महिनाको लागि निशुल्क औषधी उपलब्ध गराएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए ।

दीर्घरोगी एवम् लामो समयदेखि औषधी सेवन गर्ने मानिस औषधीका लागि बुटवल लगायतका स्थानमा जानुपर्दा परेको कठिनाइ र कोरोना भाइरसको संभावित संक्रमणको जोखिमलाई मध्यनजर राखेर दिर्घ रोगीहरुको लागि गाउँपालिकाले निशुल्क रुपमा घरमै औषधी बितरण गरेको हो । गाउँपालिकाले मुटु रोगी, स्वास प्रस्वाससम्बन्धी रोग, कलेजो, हाडजोर्नी, मृगौला, थाइराइड, युरिक एसिड, प्रोस्ट्रेट, नशा सम्बन्धी रोग, मधुमेह, उच्च रक्त चाँप, मानसिक समस्या लगायतका रोगहरुबाट लामो समयदेखि पीडित व्यक्तिहरुलाई १ महिनाको लागि निशुल्क औषधी उपलब्ध गराइएको छ ।

प्राथमिक चरणमा दीर्घरोगीको तथ्याङ्क संकलन पश्चात औषधी खरिद गरी स्वास्थ्यकर्मीको टोलीले बिरामीको प्रेस्कृप्सनका आधारमा छुट्टाछुट्टै पोका तयार गरी स्वास्थ्य चौकीका स्वास्थ्य कर्मी र महिला स्वास्थ्य संयमसेविका प्रयोग गरी घर(घर पुगी औषधी उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए । गाउँपालिकामा ६९१ जना दिर्घरोगीका लागि १०२ प्रकारका औषधीहरु खरिद गरी निशुल्क उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।

जिल्लामै नमूना कार्य अगाडि बढाइरहेको गाउँपालिकाले पछिल्लो पटक लकडाउनका कारण बिक्री बितरण नभएका कृषि र पशुजन्य पदार्थको तथ्याङ्क संकलन गरिरहेको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए ।

यो पनि पढ्नुस्

मेयर पन्थीका उत्साहित संकल्प: साढे दुई घण्टामा बुटवल–तम्घास, भ्रष्टचार हुन दिन्न, सिफारिस नपाएर रुन दिन्न

टोपलाल अर्यालगुल्मी, १ जेठ । रेसुंगा नगरपालिका नव–निर्वाचित मेयर खिलध्वज पन्थीले नगरमा अब कसैले भ्रष्टचारको

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D