जिल्ला समाचार

गुल्मीमा दशैं मेलाको रोजाईमा ‘जेरी’

अनिल खत्री
२६ असोज, गुल्मी । गुल्मीका दशैंको अबसरमा चल्ने मेलाहरुमा अधिकांश स्थानहरुमा जेरी मुख्य आकर्षणमा पर्ने गरेको छ । दशैं पछिको मन्दमन्द चिसोमा तातो जेरीको चुस्की लिदै सरायँ मेला अबलोकन गर्ने गर्दछन् ।

यो प्रचलन गुल्मीका मेलाहरुमा मुख्य नै बनेको छ । जिल्लाका बिभिन्न स्थलहरुमा चल्ने मेलाहरुमा पुगेपछि सबैले खाने जेरी नै पर्ने गर्दछ । त्यस्ती मात्रै होइन अबलोकनमा गएकाहरुले साझ घरमा जाँदा जेरी लैजाने गर्नाले यो बेला जेरी पकाउनेहरुको व्यवसाय राम्रो हुने गरेको बताउछन् ।

दशैं सकिएपछि एकदशी देखि पूर्णिमासम्म बिभिन्न स्थानहरुमा मेला लाग्ने गर्दछ । दशैं सकिएपछि गुल्मीको पहिचाहनको रुपम रहेको सरायँ नाच देखाउने गरिन्छ ।

सरायँ नाच देखाउने स्थलहरुमा प्रायजसो जेरीका पसलहरु मात्रै राखिने गरिन्छ । यो बेला अन्य समयमा भन्दा धेरै बिक्ने गर्दछ । जिल्लाका धेरै स्थलमा मेला अबलोकनमा पुग्नेहरुको मुख्य रोजाईमा गुलियो जेरी पर्ने गरेको हो ।

परापूर्वकालदेखि नाच्न थालिएको सरायँ मेलाले बिभिन्न समयमा घरबाट टाढा भएकाहरु दशैंको बेला घरमा आएकाले साथीसंगीहरुसँग भेटने गतिलो अबसरको रुपमा पनि लिइन्छ । पहिलेदेखि नै एकदमै राम्रो सरायनाच हुने स्थलहरु अर्जे, अम्मरपुर, इस्मामैदान, धुर्कोट, मुसिकोट, ताल्तुङ्ग, धागिथुम, जोगिथुम, चोयगा, उनाएचौर लगाएत झण्डै २ दर्जन स्थानहरुमा चल्ने मेलाहरुमा मुख्य आकर्षण जेरी नै पर्ने गर्दछ ।

फरक ठाउँमा फरक समयमा मेलाहरु लाग्ने गरेकाले ती स्थानहरुमा धेरै ठाउँमा एकै व्यक्तिहरु पनि पुग्ने गर्दछन् । प्रति केजी ३५० मा बेच्ने गरेका व्यवसायीहरुले प्रति पिस १५ र २० रुपैयाँसम्ममा बेच्ने गरेको बताउछन् ।

मेलाहरुमा अरुभन्दा जेरी नै मुख्य बिशेषता र आकर्षण हुनेभएकाले व्यवसाय पनि राम्रो भएकाले जेरी पकाउने गरेको बताउछन् । कमाइ पनि राम्रो र जेरी नबिक्ला भन्ने भन्दा पनि पुराउन नै मुस्किल पर्ने गरेको व्यवसायीहरुको तर्क छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D