gulminews logo
शुक्रबार, २०७९ जेष्ठ ६

गुल्मीमा दशैँको मुखैमा मासुको नयाँ मुल्य: खसीबोकाको प्रतिकिलो ७६० रुपैयाँ, ब्रोईलर कुखुराको २४०

Share on facebook
Share on twitter
Share on whatsapp
Share on email

अनिल खत्री
गुल्मी, कार्तिक १ । गुल्मीमा दशैँको मुखैमा मासुको नयाँ मूल्यमा हेरफेर भएको छ । मासु व्यवसायी संघ गुल्मीले मासुको दरदरेट परिमार्जन गरेको हो ।
संघका अनुसार नयाँ मूल्य जिल्लाभर लागु हुनेछ । नयाँ मुल्य अनुशार खसीबोकाको मिक्स मासुको मूल्य प्रतिकिलो ७६० रुपैयाँ पर्नेछ ।

ब्रोईलर कुखुराको मासुको भाउ भने झन् ओरालो लागेको छ । परिमार्जित मूल्यअनुसार अब ब्रोइलर कुखुराको मासु प्रतिकिलो २४० रुपैयाँमा पाईनेछ । उपभोक्ताले अब जिउँदो माछालाई ४०० रुपैयाँ किलो खरिद गर्नुर्पेछ भने, डि फ्रिज गरेको माछाको भाउ ३५० रुपैयाँ प्रतिकिलो कायम गरिएको मासु व्यवसायी संघ गुल्मीका अध्यक्ष पूणर्बहादुर श्रेष्ठले जानकारी दिए ।

यसैगरी राँगापाडा र बंगुरको मासु रु ३८० रुपैयाँ प्रतिकिलो तोकिएको छ । तोकिएको मूल्य कार्यान्वयन नगर्ने जो कसैलाई सजाय गरिने मासु व्यवसायी संघ गुल्मीले जनाएको छ ।

प्रत्येक एकादशी र वर्जित गरिएको दिनमा मासु काट्न र बिक्रीवितरण नगर्न समेत भनिएको छ । जिल्लामा खसीबोकाको मासुको मूल्य बढ्दो क्रममा छ भने ब्रोईलर कुखुराको भाउ झन्झन् घट्दो क्रममा देखिएको छ ।

यो पनि पढ्नुस्

मेयर पन्थीका उत्साहित संकल्प: साढे दुई घण्टामा बुटवल–तम्घास, भ्रष्टचार हुन दिन्न, सिफारिस नपाएर रुन दिन्न

टोपलाल अर्यालगुल्मी, १ जेठ । रेसुंगा नगरपालिका नव–निर्वाचित मेयर खिलध्वज पन्थीले नगरमा अब कसैले भ्रष्टचारको

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D