कोरोनाजिल्ला समाचार

गुल्मीमा थप ६ जना कोरोना संक्रमित डिस्चार्ज

अनिल खत्री
१३ असार, गुल्मी । गुल्मीमा थप ६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । जिल्लाको सत्यवति गाउँपालिकमा ६ जना पुरुषले कोरोना जितेर डिस्चार्ज गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए ।

भारतबाट आएर गाउँपालिकाको बनाइएको आइसोलेशनमा बसेका थिए । संक्रमितहरु १५ दिनसम्म आसुलेशनमा बसेर डिस्चार्ज भएका हुन् ।

शनिवार एक कार्यक्रमको आयोजना गरेर डिस्चार्ज हुनेहरुलाई फूल र डिस्चार्ज पत्र दिएर गाउँपालिका अध्यक्ष पारिश्वर ढकाल, प्रमुख प्रशासकीय अधिकृत भण्डारी, स्वास्थ्यकर्मी, कर्मचारीहरुले बिदाई गरेका थिए । ध्यावधिक विवरण अनुसार सत्यवत्रि गाउँपालिका भित्र ११ जना कोरोना संक्रमीत रहेका छन् ।

पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा कोरोना संक्रमितको संख्या २७५ जना पुगेका छन् । संक्रमित मध्ये कुल ३८ जना कोरोना मुक्त भएकर घर फर्केका छन् ।

जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ । जिल्लाबाट १ हजार ४ सय ९६ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ५७२ जनाको रिर्पोट आउन बाँकी रहेको छ ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker