कोरोनाजिल्ला समाचार

गुल्मीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

अनिल खत्री
९ असार, गुल्मी । गुल्मीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थय प्रयोगशाला टेकु काठमाडौं गरिएको परिक्षणमा मुसिकोट नगरपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सुचना अधिकारी पशुपति आचार्यले बताए ।

थपिएका संक्रमितहरुमा २ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको आचार्यले बताए । थपिएका संक्रमित अनुसार जिल्लामा २४० जना पुगेका छन् ।

भारतबाट आएर क्वारेन्टीनमा बसेकाहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये २० जना कोरोना मुक्त भएर घर फर्केका छन् ।

जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ । जिल्लाबाट १ हजार २०१ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ३१४ जनाको रिर्पोट आउन बाँकी रहेको छ ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker