घटना-दुर्घटनाजिल्ला समाचार

गुल्मीमा ढुङ्गाले लागेर एक जनाको मृत्यु

अनिल खत्री
गुल्मी असोज ३० । गुल्मीमा सड्क माथीबाट खसेको ढुङ्गाले लागेर एक अपरिचित व्यक्तिको मृत्यु भएको छ ।  आइतवार साँझपख जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ स्थित रैदीखोला नजिकै सड्क माथीबाट खसेको ढुङ्गाले लागेर एक जना पुरुषको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाले जानकारी दिए ।

अन्दाजी ३५ वर्षिय पुरुषको सवलाई तम्घास अस्पतालमा राखिएको र सनाखत हुन नसकेको प्रहरी जनाएको छ । उक्त स्थान माथी केहि दिन अघि नेपाली सेनाले कडा चट्टान बलाष्टीङ्ग गरि सड्क बिस्तार गरेको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D