घटना-दुर्घटनाजिल्ला समाचार

गुल्मीमा ढुंगाले लागेर एक जनाको मृत्यु

अनिल खत्री
१२ मंसिर, गुल्मी । गुल्मीमा ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–३ हाडहाडेमा लु १ क १३०३ नम्बरको जेसिबिले बाटो खन्ने क्रममा खसेको ढुंगाले लागेर ३५ वर्षकी श्यामकुमारी मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रवार दिउसो घाँस काटी रहेको बेला माथीबाट खसेको ढुंगाले घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जेसिबि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हाडहाडेमा नादीबाट मसेरा भन्ने स्थान तर्फ कच्ची सड्क बिस्तार गर्न काम भइरहेको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D