जिल्ला समाचार

गुल्मीमा डिएनए परिक्षणले कुमारी आमा फसादमा, बाबु नाता कायम हुन सकेन

प्रेम सुनार
गुल्मी, साउन ३ । गुल्मीमा श्रीमान र सन्तानको नाता प्रमाणित गरी मानो चामल भराई पाउँ भन्दै महिलाबाट परेको थुप्रै मुद्धाहरु मध्ये हाल सम्म ४ जना पुरुषले आफ्नो सन्तान नभएको भन्दै डिएनए परिक्षणको माग गरेका छन् ।

त्यस मध्ये डिएनए परिक्षणले एक जना पुरुषको मात्रै दावी पुरा भयो । रिर्पोट अरु तिन जना महिलाको पक्षमा आउन सकेन । त्यस परिक्षणकै आधार मानेर मुद्धा फैसला हुने हो भने ति कुमारी आमा अलपत्र पर्ने देखिएको छ ।

यस जिल्लामा लामो समय देखि कानुन व्यवसायी रहँदै आएका विष्णुप्रसाद वलाल भन्छन, ‘डिएनए विज्ञानको कुरा भयो । अदालतले अपराध अनुसन्धानका लागि विशेषज्ञबाट लिएको राय हो त्यो ।

डिएनए विज्ञानको एउटा प्रमाण हुन सक्छ । तर त्यो नै प्रमाण नमान्न सक्छ । त्यसको विपक्षीमा फैसला गर्नु परे अरु थुप्रै परिस्थितीजन्य प्रमाणहरु अदालतले जुटाउनु पर्ने हुन्छ । अर्का अधिवक्ता गोपाल खनाल पनि डिएनए नै बलियो प्रमाण हुन नसक्ने गरी सर्वोच्चबाटै यस्तो नजिर रहन गएको धारणा राख्छन ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाण्डौंमा सम्पर्क राख्दा गत श्रावण महिना देखि असार मसान्त सम्म देशभरमै २३ वटा डिएनए परिक्षण गरिएको जानकारी दिईयो । त्यस प्रयोगशालाका प्रमुख बैज्ञानिक दिनेश कुमार झाले भने, ‘गत आर्थिक वर्षमा २३ वटा परिक्षण भएको मध्ये १२ वटा आमाको पक्षमा र ११ वटा पुरुषको पक्षमा रिर्पोट आएको छ ।’

अदालतले विज्ञानलाई नै वलियो प्रमाण ठानेर त्यस्ता मुद्धा फैसल गर्ने हो भने अब ति ११ वटी महिलाले आफ्ना सन्तानको वावु खोज्न कहाँ जाने ? त्यस्तै ति महिलाहरु एक भन्दा बढि पुरुषहरु संग शाररिक सम्पर्क राखेको भन्दै समाजमा उनिहरुको चरित्र हत्या समेत हुने देखिएको छ ।

गुल्मीमा पछिल्लो डिएनए परिक्षणबाट सन्तान दावी हुन नसकेकी एक महिला भन्छिन–‘ मेरो सन्तानको वावु उ शिवाय अरु कोही होईन, खै कसरी त्यस्तो रिर्पोट आयो मलाई मान्य छैन । ’ उनले आरोप लगाएका ति पुरुष भन्छन डिएनएले मलाई न्याय दियो । ति महिलाका सन्तान अहिले १५ वर्षको उमेर सम्म वावुबाट बेवरिसे बनेका छन ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D