घटना-दुर्घटनाजिल्ला समाचार

गुल्मीमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

अनिल खत्री
२० साउन, गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । दुर्घटनामा परेर ट्याक्टर चालक रुरुक्षेत्र गाउँपालिका वडानम्बर–५ निवासी ३३ वर्षका दिपक माझीको मृत्यु भएको जिल्ला ट्राफिक प्रही कार्यालय गुल्मीले जनाएको छ ।

बुधवार राती जिल्लाको सत्यवति गाउँपालिका वडानम्बर–६ तल्लो हटियामा लु ३ त ३९९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । सत्यवतिको हटिया स्थित जुनियाबाट खैरेनीतर्फ आउदै गरेको ट्याक्टर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा सहचालक समान्य घाइते भएको प्रहरीले जनाएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D