जिल्ला समाचार

गुल्मीमा टिनको छानो सहित बनेको सभाहल : लागत ६० लाख निर्माण अवधि २५ दिन

सन्तोष महतारा
साउन ११, गुल्मी । टिनको छानो, सामान्य टहरो तर निर्माण अवधि २५ दिन मात्रै अनि बजेट अर्थात लागत भने ६० लाख । सबै अचम्म पर्छन्, गुल्मीको इस्मा गाउँपालिकामा बनेको सभाहल देख्दा । उक्त सभाहलले यतिबेला चारैतिर चर्चा कमाएको छ ।

प्रदेश पाँचको ६० लाख बजेटमा गाउँपालिकाले उक्त सभाहल निर्माण गरेको हो । सभाहल स्टिमेट अनुसार नै बनेको गाउँपालिकाको प्रतिक्रिया छ । तर टिनको छानो सहितको सामान्य टहरो बनाउन ६० लाख नलाग्ने भन्दै इस्मा गाउँपालिका नेपाली काङ्ग्रेस जागरण कार्यदलले अनुसन्धान थाल्ने तयारी गरिरहेको चन्द्र बहादुर महतले जानकारी दिनुभएको छ ।

जिल्लाकै मदानेगाउँपालिकामा बनेको ६० लाख लागतको सभाहल सँग तुलना गर्दे टिनको टहरो बनाएर बजेट सकेको भन्दै स्थानिय आक्रोसित समेत बनेका छन् । स्टिमेट अनुसार नै सभाहल बनेपनि ६० लाखमा टिनको टहरो बनाउने स्टिमेट कस्तो खालको होला भन्दै इस्मा गाउँपालिका नेपाली काङ्ग्रेस कार्यदलले आपत्ति जनाएको छ ।

केहि नबुझी बेइज्जत गरियो : नेकपा इस्मा अध्यक्ष पैयानी

नेपाल कम्युनिष्ट पार्टी नेकपा इस्मा गाउँपालिका अध्यक्ष नारायण पैयानीले भने सभाहल सम्बन्धि सामाजिक सञ्जालमा गरिएको प्रचार नसुहाँदो भएको प्रचिक्रिया दिनुभएको छ । उहाँले सभाहलको स्टिमेट के हो , खर्च कहाँ कति भयो , प्राविधिक मुल्यांकन कसरी भयो , अनुगमन समितिले अवलोकन गरी के गर्यो केहि नबुझी जिम्मेवार ब्याक्ति गैरजिम्मेवार बनेर सामाजिक सञ्जालमा प्रचार गरिनु आपत्तिको बिषय बनेको बताउनुभएको छ । नेकपा इस्मा अध्यक्ष पैयानीले कुनै ब्याक्तिगत दुश्मनीका कारण फेसुबक लगायतकमा बेइज्जत गरिनु गैरकानुनी भएको भन्दै राजिनितिक विरोध नगरिकन बुझेर जानेर मात्रै प्रचार गर्न आग्रह गनुभएको छ ।

हचुवाको भरमा प्रचार गरियो : गाउँपालिका अध्यक्ष बिष्ट

इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले सामाजिक सञ्जालको पछि नलाग्न आग्रह गर्नुभएको छ । हचुवाको भरमा सामाजिक सञ्जालमा बेइज्जती गर्नेलाई मैले केहि पनि भन्दिँन प्रमुख बिष्टले भन्नु भयो “सामाजिक सञ्जालमा गरिएको गलत प्रचार गैरजिम्मेवार छ ।”
गाउँपालिकाले २५ दिनमा ससभाहल निर्माण गरेको स्विकार गरेको छ । बाहिरी भवन २५ दिनमै सकिएपनि काम चलिराखेको र अन्तिम चरणमा पुगेको अब केहि दिनमा सकिने इस्मा गाउँपालिका प्रमुख बिष्टले जानकारी दिनुभएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D