कोरोनाजिल्ला समाचार

गुल्मीमा झन्डै ७० जनाको स्वाब टेस्टको रिपोर्ट आउन बाँकी, अझै १ सय १८ जना क्वारेन्टाइनमा

मनु सुनार
गुल्मी, बैशाख २४ । गुल्मीमा १ सय १८ जना क्वारेन्टाइनमा रहेका छन् । स्वास्थ्य कार्यालय गुल्मीको तथ्याङ्क अनुसार महिला १६ र पुरुष १ सय २ जना रहेका छन् । क्वारेन्टाइनमा रहेका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय गुल्मीका कार्यालय प्रमुख डा.भवानी प्रसाद शर्माले जानकारी दिए ।

जसमध्ये जिल्लाको रेसुङ्गा नगरपालिका स्थित महेन्द्र नमुना माध्यमिक बिद्यालयमा बनाईएको क्वारेन्टाइनमा १५ जना पुरुष रहेका छन् ।

धुर्कोट गाउँपालिकाको नयाँगाउँ माध्यमिक बिद्यालयमा बनाईएको क्वारेन्टाइनमा ३ महिला र ४१ पुरुष गरी ४४ जना रहेका छन् । त्यस्तै परमानन्द भण्डारी बुहुमुखी क्याम्पस धुर्कोटमा ४ जना पुरुष क्वारेन्टाइनमा रहेका छन् ।

सोही गाउँपालिकाको वाग्ला स्वास्थ्यचौकीमा २ जना पुरुष तथा गणेश माध्यमिक बिद्यालयमा बनाईएको क्वारेन्टाइनमा ९ जना पुरुष रहेका छन् ।

इश्मा गाउँपालिका स्थित रहेको पालुखा माध्यमिक बिद्यालयमा बनाईएको क्वारेन्टाइनमा २ जना पुरुष रहेका छन् । ठाडढुङ्गा माध्यमिक बिद्यालयमा १ महिला, १७ पुरुष गरी १८ जनाक्वारेन्टाइनमा रहेका छन् ।

सोही गाउँपालिकाको आनन्दपुर माध्यमिक बिद्यालयमा १० महिला १ पुरुष गरी ११ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै हस्तीचौर माध्यमिक बिद्यालयमा १ पुरुष र १ महिला गरी २ जना क्वारेन्टाइनमा रहेका छन् ।

यता गुल्मीदरबार गाउँपालिका स्थित रहेको बलिथुम स्वास्थ्य चौकीमा निर्माण गरिएको क्वारेन्टाइनमा २ जना पुरुष रहेका छन् । स्वामी पोखरी प्राथमिक बिद्यालयमा १ जना महिला क्वारेन्टाइनमा रहेकी छिन् ।

कालिगण्डकी गाउँपालिकास्थित प्रारम्भिक निम्न माध्यमिक बिद्यालयमा ६ जना पुरुष क्वारेन्टाइनमा रहेका छन् । चन्द्रकोट गाउँपालिकामा २ जना क्वारेन्टाइनमा रहेका छन् ।

जिल्लामा अहिलेसम्म १ सय ३४ जनाको ¥यापिड डायग्नोस्टिक टेष्ट (आर.डि.टि) परिक्षण गरिएको डा.शर्माले जानकारी दिए । उनका अनुसार महिला २५ र पुरुष १ सय ९ जनाको आर.डि.टि.द्धारा परिक्षण गरिएको छ । आर डि टिपरिक्षण गरिएका १ सय ३४ जनाको रिपोर्ट नेगेटिभ आएको डा.शर्माले जानकारी दिए ।

यस्तै क्वारेन्टाइनमा रहेकामध्ये अहिलेसम्म ७५ जनाको स्वाब संकलन गरी परिक्षणका लागि पोखरा पठाईएको शर्माले जानकारी दिए । डा.शर्माका अनुसार ६ जनाको रिपोर्ट नेगटिभ आएको छ । भने ६९ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

विश्वव्यापी प्रकोपको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै गुल्मीमा १ हजार ७७ क्षमताको क्वारेन्टाइन रहेको छ । विश्वव्यापी महामारिको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको रोकथाम, उपचार तथा जोखीमलाई मध्यनजर गर्दै जिल्लाका विभिन्न स्थानीयतहमा उक्त क्षमताको क्वारेन्टाइन निर्माण गरिएको स्वास्थ्य कार्यालय गुल्मीका कार्यालय प्रमुख डा. शर्माले दिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D