gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीमा झन्डै ३० लाख रुपैँया बिद्युत महशुल उठ्न बाँकी: नबुझाउनेमा सरकारी कार्यालय, स्थानिय तह र पार्टी कार्यालय पनि

७ दिन भित्र नबुझाए लाईन काटिने

तिलाचन पाण्डे
गुल्मी, बैशाख ३१ । गुल्मीमा नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र गुल्मी शाखामा बिधुत प्रयोग बापत झन्डै ३० लाख रुपैँया उठ्न बाँकी रहेको छ । बिद्युत प्राधिकरण गुल्मी शाखा अन्तर्गतका ग्राहकहरुबाट २८ लाख ५५ हजार ४२६ रुपैयाँ १० पैसा असुल गर्न बँकी रहेको कार्यालयले जनाएको छ ।
कार्यलयका सुचना अधिकारी मेखराज जोशीका अनुसार रकम बुझाउनका लागि सबैलाई ७ दिनको समय अबधि दिई पत्रचार गरेको यदि सो समय अबधिमा रकम नबुझाए स्वत: लाइन काटिने चेतावनी दिनुभयो ।
जिल्ला प्रशासन कार्यलयको ४७ हजार ९०४ रुपैयाँ र अर्को मिटरको ११ हजार ४८१ रुपैयाँ ९४ पैसा बुझाउन बाँकी देखिन्छ । यस्तै जिल्ला आर्युबेद कार्यलयको १५ हजार ६५५ रुपैयाँ, जिल्ला हुलाक कार्यलयको ११ हजार ५५१ रुपैयाँ, सभापति निवासको १२ हजार नौ रुपैयाँ, जिल्ला बिकास समितिको कार्यलयको १० हजार ९६९ रुपैयाँ गुल्मी अर्घाखाची परियोजनाको ५१ हजार ६५१ रुपैयाँ बाँकी रहेको छ । जिल्ला बन कार्यलयको १३ हजार ४४३ रहेको छ ।

स्थानीय तहले नै बुझाउदैनन महशुल
सिहंदरबारको अधिकार गाउँमै आएको र स्थानीय सरकार भनेर चिनिने स्थानीय तहहरुले नै बिधुत प्रयोग गरेबापत महशुल नबुझाएको पाइएको छ । सदरमुकाम तम्घासमै रहेको रेसुंगा नगरपालिकाले बिधुत प्रयोग गरेबापतको ४४ हजार २४४ रुपैयाँ महशुल भुक्तानी गरेको छैन । यस्तै इश्मा गाउँपालिकाले ७४ हजार ८२८ रुपैयाँ महशुल बुझाउन बाँकी देखिन्छ । यस्तै म्यालपोखोरी गाबिस कार्यलयको ३८ हजार ५१४ रुपैयाँ महशुल बुझाउन बाँकी रहेको छ ।

खानेपानी लिफटिङ योजना र कुटानी पिसानी पनि
जिल्लाका खानेपानी लिफटिङका अझै धेरै बुझाउन बाँकी रहेको देखिन्छ , जसमा रातापानी लिफटिङ अमर अर्बाथोकको ६८ हजार ५९७ , माछेम्याद लिफटिङको ४५ हजार ८०८ रुपैयाँ , यसै गरि साउनेथुम अर्याल आयल मिलको ३७ हजार ७७१ , पौडेल कुटानी पिसानीको २२ हजार ६४५ , लक्ष्मण आर्चाय मिलको १५ हजार ८२८ , यसै गरि निस्दी बडिगाड बिधुत सहकारीको ६६ हजार पाँच सय , पाण्डे युनाइटेड टेलीकम को ६९हजार ८४९ रुपैयाँ बाँकी रहेको छ ।

पार्टी कार्यलय, बिद्यालय र संचार संस्था पनि
यसै गरि नेपाली कांग्रेस पार्टी कार्यलयको ५१ हजार ५८४ रुपैयाँ, सामुदायिक रेडियो स्काईको ३२ हजार १८७ रुपैयाँ, रेडियो गुल्मी एफएम टावरको ३६ हजार ६९१ र महेन्द्र माध्यमिक बिधालयको ३५ हजार १८६ रुपैयाँ रहेको कार्यलयले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D