जिल्ला समाचार

गुल्मीमा झण्डै ५ हजार सवारी साधन कारवाहीमा, २९ लाख राजस्व संकलन

अनिल खत्री
८ साउन गुल्मी । गुल्मीमा आर्थिक वर्ष २०७४÷०७५ मा सवारीमाथी गरिएको ट्राफिक कारवाहीबाट २८ लाख ९३ हजार ५ सय राजस्व संकलन भएको छ । जिल्ला ट्राफिक कार्यालय गुल्मीले दिएको जानकारी अनुसार सावारी साधानमाथी गरिएको कारवाहीमा गत वर्ष झण्डै १ लाख रकम जिल्लामा राजस्व संकलन भएको हो ।
बिभिन्न सवारी साधानहरुले ट्राफिक नियम बिपरित सञ्चालनको क्रममा गरिएको कारवाहीबाट उक्त राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका हल्दार देबिप्रसाद पौडेलले जानकारी दिए । जिल्लामा एक वर्षको अन्तरालमा ४ हजार ८ सय २ सवारी साधन कारवाहीमा परेका छन् ।
एक आर्थिक वर्षमा ४ सय ५४ वटा ट्रक, ४ सय ५४ वटा बस, १ हजार ३ सय २७ वटा जिप कार कारवाहीमा परेको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ । त्यस्तै २ सय ८६ वटा ट्याक्टर, २ हजार २ सय ८१ वटा मोटरसाइकल सवारीले साधनले ट्राफिक नियम बिपरित सञ्चालनको क्रममा कारवाहरीमा परेका हुन् । कारवाही परेका सवारी साधन मध्ये मोटरसाइकलबाट १३ लाख ८३ हजार ५ सय राजस्व संकलन भएको छ ।
त्यस्तै ट्रकबाट ३ लाख ३८ हजार, बसबाट २ लाख ५१ हजार, जिप कारबाट ७ लाख ६४ हजार ५ सण्य, ट्याक्टरबाट १ लाख ५६ हजार ५ सय राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरिक्षक डोरबहादुर थापाले जानकारी दिए ।
सवारी साधनले ट्राफिक नियम मिचेर सवारी वढी राख्ने, बिलबुक, लाइसेन्स साथमा लिएर नहिने, सवारी बोक्ने गाडीमा ओभरलोड सामान राख्ने जस्ता सवारी साधनहरुलाई कारवाही गरिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका थापाले बताए । गत आर्थिक वर्ष २०७३÷०७४ मा जिल्लामा ३० लाख २३ हजार राजस्व संकलन भएको थियो । जिल्लामा ५ हजार २२ वटा सवारी कारवाहीमा परेका थिए ।

एक वर्षमा १७ वटा सवारी दुर्घटना

गुल्मीमा आर्थिक वर्ष २०७४÷०७५ को एक वर्षमा १७ वटा सवारी साधन दुर्घटनामा परेका छन् । जिल्लाका बिभिन्न स्थानमा बिभिन्न सवारी साधन दुर्घटनामा परेका थिए । जिल्लामा गत वर्ष भन्दा यो वर्ष सवारी दुर्घटना संख्यमा कमि आएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख थापाले जानकारी दिए ।
जिल्लामा भएको दुर्घटनामा बस २ वटा, जिपकार ४ वटा मोटरसाइकल ५ वटा, ट्याक्टर ५ वटा, डोजर १ वटा गरी १७ वटा सवारी साधन दुर्घटनामा परेको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।

सवारी दुर्घटनामा १९ जनाको ज्यान गयो

आर्थिक वर्ष २०७४÷०७५ मा जिल्लामा सवारी दुर्घटनामा परि १९ जनाले ज्यान गुमाएका छन् । जिल्लामा सवारी दुर्घटनामा परि मर्ने गतवर्ष भन्दा वढी मृत्युदर रहेको छ ।
सवारी दुर्घटनामा परि १४ जना पुरुष, ५ जना महिलाको ज्यान गएको थियो । सवारी दुर्घटनाबाट २८ जना गम्भीर घाइते र २२ जना सामन्य घाइते भएका थिए ।
जिल्लामा गत आर्थिक वर्ष २०७३÷०७४मा २१ वटा सवारी साधन दुर्घटनामा परेका थिए । सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परि २६ जना गम्भीर घाइते र १६ जना समान्य घाइते भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।

दुर्घटना न्यूनिकरण गर्न सचेतना कार्यक्रम

जिल्ला ट्राफिक कार्यालय गुल्मीले दुर्घटना न्यूनिकरण गर्न भन्दै जिल्ला भर बिभिन्न बिद्यालय तथा चालकहरु सचेतना कार्यक्रम सञ्चालन गरेको जनाएको छ । जिल्ला ट्राफिक कार्यालयको सक्रियतामा बिद्यार्थीहरुका लागि २७ वटा कक्षा, सुरक्षित चालक बनाउन २ पटक कक्षाहरु सञलन भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।
व्यवसायीक चालक तथा सहचालकलाई ३ वटा कक्षा, सर्बसाधरणलाई ८ वटा कक्षा, पर्चा पम पिलेट १५ पटक र स्थानिय सञ्चार माध्यमबाट समेत सचेतना कार्यक्रहरु सञ्चालन गरेको जनाएको छ ।

गुल्मीबाट छुट्ने सवारी साधनलाई टाइम कार्ड

गुल्मीबाट छुट्ने सवारीका साधनहरुलाई टाइम कार्ड व्यवस्था गरिएको छ । बढदो सवारी दुरघटना न्युनिकरण गर्न भन्दै जिल्ला प्रहरी कार्यालय गुल्मी, जिल्ला प्रशासन कार्यालय गुल्मी, जिल्ला ट्राफिक कार्यालय गुल्मीको सक्रियतामा जिल्लाबाट छुटने सवारीका साधनहरुलाई टाइम कार्डको व्यवस्था गरिएको हो ।
जिल्लाबाट पाल्पा, बुटवल, काठमाडौं लगायतका स्थानमा छुटने सवारीका साधनहरुलाई टाइम कार्डको व्यवस्था गरिएको छ । सदरमुकाम तम्घासबाट जिल्ला बाहिर छुटने सवारी साधनहरुलाई रिडी सम्मका लागी टाइम कार्डको व्यवस्था गरिएको हो ।
सदरमुकाम तम्घासबाट छुटने वसले रिडी २ घण्टा ४५ मिनेटमा पु¥याउनु पर्ने छ भने हाइस, निसान गाडी बअ गाडीले २ घण्टामा रिडी पुग्ने गरि टाइम कार्डको व्यवस्था गरिएको ट्राफिक कार्यालय गुल्मीका हवल्दार देबीप्रसाद पौडेलले जानकारी दिए । जिल्लाबाट छुटने वस, हाइस, निसान गाडी र वअ जिपलाई टाइम कार्डको व्यवस्था गरिएको छ ।
सबै सवारी साधनले टाइम कार्ड अनुसार सवारी साधनहरु सुचारु गरे जिल्लामा वढदो दुरघटना न्यूनिकरण गर्न मद्दत पुग्ने उनको भनाई छ । जिल्लामा पहिलो पटक झण्डै ३ वर्ष पहिले तत्कालिन प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले टाइम कार्डको लागु गरेका थिए ।
केहि महिना नियमित भएपनि पुनः बन्द भएको थियो । केहि महिना जिल्लाको रिडीमा बाटो चौडा पार्ने क्रममा टाइम कार्डलाई स्थगन गरिएपनि केहि दिनमै पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । केहि महिना बाटो बिस्तारले रोकिएको थियो प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘त्यसलाई पुनः सञ्चालनमा ल्याउन समब्न्धी सरोकारवालासँग छलफल हुँदैछ ।’
यात्रु महानुभावको सुरक्षित यात्राको लागि बिगतमा लागु गरिएको टाइम कार्डलाई कढाईका साथ पालना गराउने छौ प्रजिअ पौडेलले भने, ‘वढदो दुर्घटना न्यूनिकरण हुँदै जानेछ ।’ दुर्घटना न्यूनिकरणमा टाईम कार्डले मदत पुर्याएपछी यसलाई पुन सञ्चालनमा ल्याइएको छ । जिल्लामा सवारी साधनले सिट क्षमता भन्दा वढी सवारी राख्ने,ओभर लोड बोक्ने,तिब्र गतीमा सवारी चलाउने प्रति ट्राफिकले चासो देखाएपछी दुर्घटना न्यूनिकरण हुँदै आएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D