जिल्ला समाचार

गुल्मीमा झण्डै २ लाख मतदाता

अनिल खत्री
गुल्मी असोज २० । आगामी मंसिरमा हुने प्रतिनिधी सभा र प्रदेशसभा निर्वाचनमा गुल्मीमा झण्डै २ लाख मतदाता रहेका छन् । जिल्लामा रहेका २ वटा निर्वाचन क्षेत्रमा १ लाख ९६ हजार ३सय ३७ कुल मतदाता रहेका छन् ।

जस मध्ये महिला १ लाख १ हजार ६ सय ६१ पुरुष ९४ हजार ५ सय ७५ र १ जना तेस्रो लिङ्गी रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सुचना अधिकारी कृष्ण पन्थीले जानकारी दिए । जिल्लामा महिला मतदाताहरुको सख्या वढी रहेको छ ।

पुरुष मतदाता भन्दा झण्डै ७ हजार महिला मतदाता वढी रहेका छन् । जिल्लामा ६ हजार ९ सय ८६ महिला मतदाता वढी रहेका छन् । रोजगारीको शिलसिलामा नेपाल बाहिर पुरुष रहेकाले पनि महिला मतदाता भन्दा पुरुष मतदाता कम रहेका छन् । प्रतिनिधी सभा तर्फ क्षेत्र नम्बर १ मा १ लाख ५ हजार ४ सय २३ जना जम्मा मतदाता रहेका छन् ।

कुल मतदाता मध्ये महिला ५५ हजार ५ सय ७३ जना र पुरुष ४९ हजार ८ सय ५० जना रहेका छन् । क्षेत्र नम्बर २ मा ९० हजार ९ सय १४ जना जम्मा मतदाता हरेका छन् । जसमध्ये महिला ४६ हजार ८८ जना, पुरुष ४४ हजार ८ सय २५ जना र तेस्रो लिङ्गी १ जना रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

प्रदेशसभा तर्फ क्षेत्र नम्बर १ मा ५१ हजार ५ सय ३८ जना रहेका छन् । कुल मतदाता मध्ये महिला २७ हजार ४२ जना र पुरुष २४ हजार ४ सय ९६ जना रहेका छन् । प्रदेशसभा अन्र्तगत क्षेत्र नम्बर २ मा ५३ हजार ८ सय ८५ जना जम्म मतदाता रहेका छन् ।

कुल मध्ये महिला २८ हजार ५ सय ३१ जना र पुरुष २५ हजार ३ सय ५४ जना रहेका छन् । प्रदेशसभा क्षेत्र नम्बर ३ मा ४४ हजार ७ सय ७६ जना जम्मा मतदाता हरेका छन् । जसमध्ये महिला २३ हजार २ सय १५ जना र पुरुष २१ हजार ५ सय ६१ जना रहेका छन् ।

प्रदेशसभा क्षेत्र नम्बर ४ मा ४६ हजार १ सय ३८ जना जम्म मतदाता रहेका छन् । कुल मध्ये महिला २२ हजार ८ सय ७३ जना र पुरुष २३ हजार २ सय ६४ जना रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

निर्वाचनको लागी जिल्ला निर्वाचन कार्यालय गुल्मीले बिभिन्न तालिमहरु सँगै मतदाता शिक्षा कार्यक्रमहरु गर्ने तयारी गरेको जिल्ला निर्वाचन अधिकृत गणेशबहादुर खत्रीले जानकारी दिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D