जिल्ला समाचार

गुल्मीमा जेष्ठ नागरिक र दिर्घरोगीलाई हिँड्डुलमा रोक

अनिल खत्री
गुल्मी, २ भदौ । गुल्मीमा जेष्ठ नागरिक र दिर्घरोगीलाई हिँड्डुलमा रोक लगाउने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीमा बसेको बैठकले बिश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ को संक्रमण बढेकाले त्यसको सर्तकता स्वरुप जेष्ठ नागरिक र दिर्घरोगीलाई हिँड्डुलमा रोक लगाउने निर्ण भएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।

जिल्लामा रहेका सबै पालिकाहरुले जेष्ठ नागरिक र दिर्घरोगी पहिचाहन गरेर उनिहरुलाई अत्याबश्यक काम बाहेर हिँड्डुलमा रोक लगाउने निर्णय भएको छ । सम्बन्धी पालिकाहरुले दिर्घ बिरामीले खाने औषधी व्यवस्थापन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।

त्यस्तै पालिकाभित्र कोभिड–१९ को संक्रमण बढ्दै गइरहेको अबस्थामा सम्बन्धीत पालिका र पालिका अन्र्तगतको कुनै निश्चित क्षेत्र शिल गर्नुपर्ने अवस्था आएका डिसिसीएमसीसँग समन्वय गरि गर्न सक्ने जिम्मेवारी दिइने निर्णय भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए । जिल्लामा रहेका २ वटा निर्वाचन क्षेत्रमा २ वटा शववाहन खरिद प्रक्रिया अगाडी बढाइने भएको छ ।

त्यसको लागि सम्बन्धी क्षेत्रमा पर्ने पालिकाहरुको समन्वयमा खरिद गर्ने निर्णय भएको प्रशासकीय अधिकृत पन्थीले जानकारी दिए । त्यस्तै पालिकाहरुले भिटिएमको व्यवस्था गरेर वढि भिडभाड हुनेक्षेत्र पहिचाहन गरेर स्वास्थ्य कार्यालयसँग समन्वय गरेर पिसिआर परिक्षण गर्ने निर्णय भएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D