जिल्ला समाचार

गुल्मीमा चितुवाले गोठमै आई बाख्रा खाइदिन थालेपछि स्थानीय त्रसित

गुल्मी, माघ १३ । गुल्मीको बाँझकटेरीमा चितुवाले गोठमै आई बाख्रा खाइदिन थालेपछि स्थानीय त्रसित भएका छन्। जिल्लाको मदाने गाउँपालिका २ बाँझकटेरीमा दिनढाँडै चितुवाले गोठमा आएर बाख्रा खाइदिन थालेपछि स्थानीय त्रसित भएका हुन्।

चितुवाले गोठमै आएर बाख्रा आक्रमण गर्ने, खाइदिने गरेपछि स्थानीयहरुलाई आफुले पालेका पशुचौपाय जोगाउन समस्या भएको छ। गत माघ ८ गते स्थानीय बाबुराम भुसालको गोठमा बाँधेर राखेको बाख्रो जङगलमा लगेर चितुवाले खाइदियो।

भुसालको गोठबाट मात्रै अहिले सम्म ३ वटा बाख्रा चितुवाले खाइसकेको छ। उहाँको मात्र होइन केही महिना अघि स्थानीय चक्रबन्धु भुसालको पनि बाख्रा खाइदिएको थियो। त्यत्तिमात्र होइन केही महिना अघि वडा नं २ कै बिष्णु भुसाललाई बाँदर लखेटुने क्रममा चितुवाले आक्रमण गरी आइते बनाएको थियो।

त्यस बस्ती नजिकै आधा किलोमिटरको दुरीमा सामुदायिक वन पर्छ। दिनढाँडैँ चितुवाले बाख्रा खाइदिन थालेपछि स्थानीयलाई घाँस, दाउरा गर्न जान पनि समस्या भएको छ। चितुवाले आक्रमण गर्ने त्रासमा स्थानीयले दिन गुजार्नु परेको छ। चितुवाले बाख्रा मात्र होइन केही महिना अघि स्थानीय एक व्यक्तिलाई पनि आक्रमण गरी घाइते बनाएको थियो। यसतर्फ सम्बन्धीत निकायले बेलैमा गम्भिर ध्यान पुराउन स्थानीयले माग गरेका छन्।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D