gulminews logo
आईतवार, २०७९ जेष्ठ १५

गुल्मीमा चराउन लगेका ८ वटा बाख्रा हराए

रमेश विश्वकर्मा
गुल्मी, कार्तिक १७ । जिल्लाको मालिका गाउँपालिकामा चराउन लगेका बाख्रा हराएका छन् । मालिका गाउँपालिका– ५ छापहिलेमा रहेको छापहिले व्यवसायिक बाख्रा पालन फर्मका ८ वटा बाख्रा सोमबार दिउँसो हराएको फर्मका सञ्चालक नर बहादुर महताराले बताए ।

यो पनि पढ्नुस्: गुल्मीमा चराउँदा हराएका बाख्राहरु बाघको आक्रमणबाट मरेको अवस्थामा फेला परे (फोटोहरु सहित)

छिमेकी धन बहादुर महतराले चराउन लगेको समयमा बाख्रा हराएका हुन् । सोमबार दिउँसो सोही ठाउँकै पन्लापाटा भन्ने स्थानमा चराउन लगेका ४९ वटा बाख्रा मध्ये ८ वटा बाख्रा हराएको फर्म सञ्चालक महताराले बताए । खोजी कार्य गर्दा बुधबार दिउँसोसम्म फेला नपरेकाले चोरी भएको हुन सक्ने बाख्राधनीको अनुमान रहेको छ ।

प्रति बाख्रा करिब ७ देखि ८ हजारसम्म मुल्य पर्ने ८ वटा बाख्रा हराउँदा ५६ देखि ६४ हजार बराबरको क्षति भएको फर्मले जनाएको छ । कुनै वन्यजन्तुको आक्रमणबाट उक्त बाख्रा मरेका हुन सक्ने अनुमानमा चरन क्षेत्रमा खोजी कार्य गर्दा त्यस्तो नपाइएको फर्म सञ्चालकले बताएका छन् । चरन क्षेत्रमा बाख्राहरुको रगत, रौं, खुट्टा र कुनै अवशेष फेला नपरेकाले मान्छेले चोरेकै हुन सक्ने स्थानीयको अनुमान छ ।

यो पनि पढ्नुस्

चन्द्रकोट गाउँपालिकाद्धारा स्मार्ट कृषि कार्यक्रम अन्तर्गत कृषि सामाग्री वितरण

महेश बोहरागुल्मी, जेठ १३ । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले स्मार्ट कृषि कार्यक्रम अन्तर्गत कृषकहरुलाई कृषि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D