अर्जुन भण्डारी
गुल्मी, असार ११ । गुल्मीमा चट्याङ लागेर २ जना घाईते भएका छन् । जिल्लाको धुर्कोट गाँउपालिका ५ वस्तु हर्रेमा बुधवार दिउँसो करिव पानी संगै परेको चट्याङले २ जना घाईते भएका हुन् ।
धुर्कोट गाँउपालिका ५ वस्तु हर्रे स्थित टोपवहादुर वि.क.को घरमा परेको चट्याङले घरभित्र काम गरिरहेकी बिककी बुहारी वर्ष २७ कि आशा वि.क र सोही उनका कान्छा १७ बर्षिय छोर सुरेश वि.क. घाइते भएको प्रहरीले जनाएको छ ।