जिल्ला समाचार

गुल्मीमा घुम्ती शिबिरबाट राष्ट्रिय परिचयपत्र बिवरण दर्ता संकलन सम्पन्न

अनिल खत्री
९ फागुन, गुल्मी । गुल्मीमा राष्ट्रिय परिचय पत्र लिनका स्थनीय तहबाट गरिएको घुम्ती शिबिरबाट गरिएको संकलन कार्य सम्पन्न भएको छ । राष्ट्रिय परिचय पत्र लिनका लागि १ लाख बढिले बिवरण दर्ता गराएका छन् ।

जिल्लाका १२ स्थानीय तहमा राष्ट्रिय परिचयपत्र बिवरण दर्ता संकलन कार्य सम्पन्न हुँदा १ लाख २९ हजार ३५९ जनाको बिवरण दर्ता संकलन भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत एबम् सूचना अधिकारी उद्धव पन्थीले बताए । जिल्लामा गत कार्तिक २३ गते देखि ६१ स्टेशनबाट राष्ट्रिय परिचय पत्रका लागि बितरण गर्न जिल्ला भर हाल दर्ता दर्ता संकलनहरु खटाइएको थियो ।

संकलित बिवरण अनुसार रेसुङ्गा नगरपालिकामा १३ हजार ३९ जनाको बिवरण दर्ता संकलन भएको छ । मुसिकोट नगरपालिकामा १४ हजार ६ सय ७८ जनाको बिवरण दर्ता संकलन भएको छ । गुल्मीदरवार गाउँपालिकामा ११ हजार ९०५ जनाको बिवरण दर्ता संकलन गरिएको छ ।

त्यस्तै धुर्कोट गाउँपालिकामा १० हजार ७७० जनाको बिवरण दर्ता संकलन गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत पन्थी जानकारी दिए । मदाने गाउँपालिकामा ९ हजार ७८० जनाको संकलन गरिएको छ । त्यस्तै छत्रकोट गाउँपालिकामा १० हजार ८३९ जनाको बिवरण दर्ता संकलन गरिएको छ ।

मालिका गाउँपालिकामा १० हजार २४० जनाको बिवरण दर्ता संकलन भएको छ । रुरुक्षेत्र गाउँपालिकामा ९हजार ५ सय ९९ जनाको बिवरण दर्ता संकलन भएको छ ।

त्यस्तै सत्यवती गाउँपालिकामा १० हजार ६ सय ६४ जनाको बिवरण दर्ता संकलन भएको छ । इस्मा गाउँपालिकामा ९ हजार ३ सय ५८ जनाको बिवरण दर्ता संकलन भएको छ ।

चन्द्रकोट गाउँपालिकामा ९ हजार ४ सय ५० जना र कालिगण्डकी गाउँपालिकामा ९ हजार ९ हजार ३१ जनाको बिवरण दर्ता संकलन भएको छ ।

जिल्लामा राष्ट्रिय परिचयपत्र बिवरण दर्ता संकलन कार्यलाई अगाडी बढाउन ६१ जनादर्ता संकलक मार्फत टोलि खटाइएको थियो । राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान सम्पन्न भएसँगै अभियानमा खटिएका ६१ जना अपरेटरलाइ जिल्ला प्रशासन कार्यालय गुल्मीले एक कार्यक्रमका विच प्रमाणपत्र दिएर विदाइ गरिएको थियो ।

सबैभन्दा धेरै विवरण दर्ता गर्ने अपरेटर सुशील कुँवरलाई प्रशासनले पुरस्कृत गरेको छ । जिल्लामा खटिएका अपरेटरले लगनशिल र इमान्दार भएर काम गरेको भन्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले धन्यवाद दिइन ।

गुल्मीमा काम सम्पन्न गर्नुभएका विवरण दर्ता अपरेटरलाइ राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागले पाल्पा जिल्ला लैजाने भएको छ । राष्ट्रिय परिचयपत्रले नागरीकलाई राज्यबाट हुने सेवा सुविधा सहज रुपमा प्राप्तगर्नका लागिप्रयोग गरीने आधारभूत पहिचान भएको परिचयपत्र हो ।

राष्ट्रिय परिचयपत्र राष्ट्रिय परिचय व्यवस्थान सूचना प्रणालीमा समावेश भएका नागरिकका जैविक र वैयक्तिक विवरणको आधारमा उत्पादन भएको वायोमेट्रिक सूचना र पृथक नम्बर सहितको प्रत्येक व्यक्तिलाई वितरण गरिने राष्ट्रिय पहिचान सहितको वायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो ।

वैयक्तिक विवरण अन्तर्गत नाम, ठेगाना, जन्ममिति, बुबा–आमाको नाम, हजुरबुबा–आमाको नाम, श्रीमान(श्रीमतिको नाम, स्थायी(अस्थायी ठेगाना पर्दछन । जैविकविवरण अन्तर्गत औँठाछाप, दुईवटा आखाँको नानीको फोटो, अनुहारको डिजिटल फोटो, हस्ताक्षर समावेश गरीने गरिन्छ ।

परिचयपत्रले नागरिकका सेवा सुबिधाहरु सहित अपराध नियन्त्रण गर्न यो परिचयपत्र महत्वपूर्ण रहने छ । परिचयपत्र बिवरण दर्ता संकलन गर्न नागरिता, बसाइँ सराइ गरेको हकमा बसाईसराइको सक्कल कगजपत्र चाहिन्छ ।

हाल पनि जिल्ला जिल्ला सदरमुकाम तम्घासको जिल्ला प्रशासन कार्यालमा बिवरण दर्ता संकलन गर्न सकिन्छ ।

राष्ट्रिय परिचय पत्र बितरण सुरु

गुल्मीमा राष्ट्रिय परिचय पत्र बितरण सुरु गरिएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई जिल्ला प्रशासन कार्यालय गुल्मीबाट राष्ट्रिय परिचय पत्र बितरण गरेर सुरुवात गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रमुख जिल्ला अधिकारी रुद्रादेबि शर्माले परराष्ट्र मन्त्री ज्ञवालीलाई राष्ट्रिय परिचय पत्र बितरण गरेकी हुन् । जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत उद्धव पन्थी, रेसुङ्गा नगरपालिकाका  वडानम्बर–१ की बिष्णुमाया पाण्डे र वडानम्बर–४ का कुलानन्द भण्डारीलाई परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रिय परिचय पत्र बितरण गरेर सुरुवात गरिएको थियो ।

परराष्ट्रमन्त्री ज्ञवालीले गतवर्षको साउन ३२ गते जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमका बिच बिवरण दर्ता गराएका थिए । बिवरण दर्ता गराएको झण्डै १९ महिना पछि राष्ट्रिय परिचय पत्र बितरण कार्य सुरु भएको हो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D