जिल्ला समाचार

गुल्मीमा घाइते अवस्थामा चितुवा फेला, थप उपचारको लागि चितवन पठाईयो

हुमाकान्त पोखरेल
०७ पौष, गुल्मी । गुल्मीमा घाइते अवस्थामा पोथी चितुवा फेला परेको छ । जिल्लाको छत्रकोट गाउँपालिका १ हुँगास्थित टाटिम जंगलमा दुम्सिलाई थापेको पासेमा परेर चितुवा घाइते भएको हो ।

शुक्रबार साझँ स्थानीयले छटपटाउदैँ गरेको चितुवा देखेर प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै प्रहरीले डिविजन बन कार्यालय गुल्मीलाई खबर ग¥र्यो । पासोमा परेको चितुवाको उद्धारको लागि बन कार्यालयले चितवन राष्ट्रिय निकुञ्जसँग सम्पर्क ग¥यो । राति करिब २ बजे हुँगा आइपुगेको टोलिले चितुवालाई बोहोस बनाई तम्घास ल्याएका थिए ।

कम्मरमा धेरै नै चोट लागेको चितुवाको प्राथमिक उपचारपछि आज बिहान थप उपचारको लागि चितवन पठाइएको डिविजन बन कार्यालयका नायब सुब्बा नविन पन्थीले बताए । उपचारपछि चितुवालाई राष्ट्रिय निकुञ्जमा छोड्ने वा चिडियाखानामा राख्ने पन्थीले बताए ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker