जिल्ला समाचार

गुल्मीमा घरेलु हिंसा कम गर्न यस्तो कार्यक्रम थालियो

अनिल खत्री
गुल्मी, पुस २७ । जिल्ला प्रहरी कार्यालय गुल्मीले लागु औषध र घरेलु हिंसा सम्बन्धी जनचेतना मुलक कार्यक्रमलाई गाउँगाउँमा पु¥याएको छ । पौष १ गते देखी जिल्लाका बिभिन्न स्थानहरुमा बिभिन्न स्कुलका बिद्यार्थीहरु र बिभीन्न गाउँटोलमा अभिभावक, समाजसेवी, आमासमुह लगायतका समुहहरुलाई लागु औषध दुर्व्यसन विरुद्धमा सचेतनामुलक कार्यक्रमहरु संचालन गरेको हो ।

अभियानको मुख्य उद्देश्य विद्यार्थी तथा अभिभावकहरुलाई लागु औषधको दुरगामी असर बारे जानकारी दिई लागु औषध बाट टाढै रही यस विरुद्धको कारवाहीमा सक्रिय बनाउनु गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए । कार्यक्रम संचालन अन्तर्गत हालसम्म १७ स्कुलका १९७० जना बिद्यार्थी र १७ स्थानका ६१५ जना अभिभावकहरुलाई प्रशिक्षण प्रदान गरीएको छ ।

सचेतनामुलक प्रशिक्षणमा लागु औषधको परिचय,प्रकार, लागु औषध अपराध सम्बन्धी दण्ड सजाय र कानुनि ब्यवस्था, लागु औषध दुर्व्यसनबाट दुर्व्यसनिमा पर्ने असरहरु ,दुर्व्यसनमा फस्ने कारणहरु तथा लागु औषध अपराध रोकथाम तथा नियन्त्रणमा परिवार र समाजको भुमिका लगायतका विषय बस्तु समावेश गरीएको जिल्ला प्रहरीकार्यालय गुल्मीका प्रहरीनायव उपरिक्षक गंगाबहादुर थापाले जानकारी दिए । लागु औषध र घरेलु हिंसा सम्बन्धी जनचेतना मुलक कार्यक्रममा बिभिन्न स्थानका बुद्धिजिवी, समाजसेवी,बिभिन्न राजनितिकदलहरुका प्रतिनिधी, आमा समुहरुलाई भेला गराई कार्यक्रमहरु गर्ने गरेको प्रहरी उपरिक्षक द्धिबेदीले जानकारी दिए ।

प्रहरीले बिभिन्न स्थानमा रहेका आफना मातहतका यूनिटहरुबाट लागु औषधबाट समाजमा हुने नकरात्म असरहरु र घरेलु हिंसाले परिवार र समाजमा पर्ने प्रभावका विषयमा मुख्य गरि जनचेतना मुलक कार्यक्रमहरु गरेको हो । पछिल्लो समय यता युवापिडी लागु औषध मा फसिने र समाजमा बिभिन्न खाले अपराधहरु पनी वढने हुँदा यसको नियन्त्रण गर्नको लागी जिल्लाका बिभिन्न स्थानमा जनचेताना मुलक कार्यक्रमहरु राखिएको प्रहरी उपरिक्षक द्धिबेदीले जानकारी दिए ।

समाजमा धेरै घटनाहरु लागु औषधको दुर्वेसनी र घरेलु मदिराबाट उत्पन्न हुँने भएकाले यसको नियन्त्रण गर्ने मुख्य उदेश्य रहेको प्रहरी उपरिक्षक द्धिबेदीको भनाई छ । लागु औषध र घरेलु हिंसाको जनचेतना मुलक कार्यक्रमले युवा पिडीहरुलाई यस्तो नकरात्मक क्रियाकलापमा फस्न नदिन र समाज हुने धेरै अपराधका घटनाहरु कम हुने प्रहरी उपरिक्षक द्धिबेदीले जानकारी दिए ।

प्रहरीले कार्यालय यस अगाडी ७४ साल भाद्र र आश्विन महिनामा जिल्लाका बिभिन्न स्थानबाट अन्दाजी ५० क्विन्टल गाजा फडानी तथा नष्ट गरी सकेको डिएपी थापाले जानकारी दिए । लागु औषध र घरेलु हिंसा सम्बन्धी जनचेतना मुलक कार्यक्रम जिल्ला भर जारी रहेको प्रहरीले जनाएको छ ।

Show More

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।