gulminews logo
बिहीबार, २०८० चैत्र १५

गुल्मीमा गाडी भाडा घट्ने, कुन बाटोमा कती?

हुमाकान्त पोखरेल
गुल्मी, ०७ भदौ । जिल्लाका ग्रामिण भेगमा चल्ने सार्वजनिक यातायातको भाडादर घट्ने भएको छ । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, ट्राफिक प्रहरी, यातायात व्यवसायी, पत्रकार लगायतको बैठकले सार्वजनिक यातायातको भाडादर घटाउने निर्णय गरेको हो ।

यो पनि पढ्नुस्: गुल्मीमा कागजमा मात्र घट्यो गाडीभाडा, तेब्बर भाडा तिर्दै यात्रु (फलोअप)

नयाँ भाडादरअनुसार जिल्लाका विभिन्न ठाउँसम्म पुग्ने सार्वजनिक यातायातको भाडादरमा कमी आएको छ । अहिले प्रचलनमा रहेको भाडा अन्य ठाउँको भन्दा तुलनात्मक रुपमा बढी भएको भन्दै नयाँ भाडादर कायम गरिएको हो । गुल्मीमा २०७३ भदौ २० गते कायम भएको भाडादर नै लागु गरिदैँ आएको थियो । तर अहिले तीन बर्षपछि यहि भदौ १० गतेदेखि लागु हुने भाडादरमा कच्चि, ग्राभेल र पक्कि सडकमा फरक–फरक भाडादर कायम गरिएको छ । तर सबै सडकहरुमा जीप र हायस तथा बस र मिनि बसको भाडादर भने एउटै हुने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकिय अधिकृत लक्षमण पाण्डेले जानकारी दिए । अहिले कायम भएको भाडाअनुसार जिप र हायसमा कच्ची सडकमा सात रुपैँया २५ पैसा कायम गरिएको छ । यसअघि सोहि सवारी साधनमा यात्रा गर्दा प्रतिकिलोमिटर नौ रुपैँया तिर्नुपर्ने थियो । त्यस्तै जिप र हायसमा नै ग्राभेल सडकमा छ रुपैँया तथा कच्चि सडकमा तीन रुपैँया १५ पैसा कायम गरिएको छ ।

त्यस्तै बस र मिनि बसमा कच्ची सडकमा प्रति किलोमिटर एक रुपैँया ५० पैसाका दरले भाडा घटेको छ । पहिले प्रतिकिलोमिटर सात रुपैँया २५ पैसा थियो । तर अहिले भने अब छ रुपैँया कायम गरिएको छ । बस र मिनि बसको भाडा ग्राभेल सडकमा प्रतिकिलोमिटर पाचँ रुपैँया तथा पक्कि सडकमा तीन रुपैँया दुई पैसा कायम गरिएको प्रमुख जिल्ला अधिकारी पौड्यालले जानकारी दिए । गुल्मीमा सडकको सङ्ख्या एकिन हुन नसकेपछि हाल एक सयभन्दा सडकमा सार्वजनिक यातायात नियमित गुड्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाको तम्घास–रिडी सडक बाहेक सदरमुकामसँग जोडीएको तम्घास-सिमलटारी मात्र एकमात्र पक्कि बाटो हो । अब तम्घासदेखि सिमलटारीसम्म २५ किलोमिटर बसको भाडा ८० रुपैँया कायम भएको छ ।

विद्यार्थीलाई पनि छुट
पहाडका जिल्लाहरुमा विद्यार्थी, ज्येष्ठ नागरिक तथा अपाङ्गहरुलाई छुट दिने प्रचलन छैन । गुल्मीमा यसको अभ्यास केहि समय पहिले भएतापनि कार्यान्वयन भने भएको थिएन । तर जिल्ला प्रशासनमा बसेको बैठकले विद्यार्थी, ज्येष्ठ नागरिक तथा अपाङ्गहरुलाई सार्वजनिक यातायातमा नियमअनुसार छुट दिने निर्णय गरेको छ । यसको लागि आवश्यक सक्कली परिचय पत्र भने आवश्यक पर्ने प्रशासन कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D