gulminews logo
मंगलवार, २०७९ असार १४

गुल्मीमा गाईलाई भिरमा झुण्डाएर मारियो, बेलैमा ब्यवस्थापन नहुँदा दुर्गन्ध फैलिन थाल्यो

टोपलाल अर्याल
गुल्मी, २२ असोज । धुर्कोट गाउँपालिका ४ जैसिथोकको घोप्टे ओडार भन्ने अप्ठयारो भिरमा गाईलाई झुण्डाएर निर्मम हत्या गरिएको छ । गाईको घाँटीमा सुर्के गाँठो पारेर सालको रुखमा झुण्डाइएको छ । बिहिबार बिहान घाँस काट्न गएकाहरुले गाइलाई मृत फेला पारेको स्थानीय अर्जुन भण्डारीले बताए ।

अहिलेसम्म गाइको व्यावस्थापन गरिएको छैन । मरेका गाइका कारण दुर्गन्ध गाउँभर फैलिएको छ । अनुदानका लागि पशुपालन व्यावसाय गर्ने र दुध नदिने तथा बुढा भएपछि व्यावस्थापन गर्न नसक्नेहरुले बदमासी गरेको हुनसक्ने भण्डारीले बताए । गाउँ–गाउँबाट भैसी बुढा भएपनि बिक्री भएका छन् । तर, गाई गोरु बुढा भए समस्या पर्छ । भैसी खरिद गर्नेहरु गाउँगाउँ र घर–घरमा पुग्ने गरेका छन् । गाई गोरु गरिव बिपन्नलाई लगे बापत पैसा समेत दिने प्रवृति बढेको छ । साँस्कृतीक हिसावले गाईलाई भगवान मानिन्छ । बिशेष गरेर तिहारमा गाईको पुजा गरिन्छ । तर, तिहार नजिक गाईको निर्मम हत्याले हिन्दु धर्माबलम्बीहरुलाई गहिरो चोट परेको विश्व हिन्द महासंघका अध्यक्ष सुरेशचन्द्र भुसालले बताए । उनले घटनामा संलग्नलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गरे ।

धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोख्रेलले ढिला जानकारी भएकाले मृत गाईको व्यावस्थापन र संलग्न व्यक्तिको पहिचान गर्न स्थानीयलाई आग्रह गरे । प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले प्रहरी मार्फत अनुसन्धानको काम भएकाले चाडपर्वको बेला गैरकानुनी काम गर्ने व्यक्तिलाई कारबाही गरिने बताए ।

यो पनि पढ्नुस्

राष्ट्रिय भुमी आयोग गुल्मीद्धारा मुसिकोटका सरोकारवालासँग अन्तरक्रिया

सागर भण्डारीमुसिकोट, असार १३ । राष्ट्रिय भुमी आयोग जिल्ला समिति गुल्मीले मुसिकोट नगरपालिका स्थित सरोकारवालाहरुसगं

पछिल्ला अप्डेट

सिफारिस

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D