जिल्ला समाचार

गुल्मीमा खोला बढेपछि स्थानीयले निर्माण गरे फड्के पुल, मोटरसाईकल चालकलाई पनि सहज

तिलाचन पाण्डे
गुल्मी, साउन २८ । बर्षायामको समयमा खोला बढ्दै गएपछि खोला तर्नका लागि स्थानीयहरुले फड्के पुल निर्माण गरेका छन् । जिल्लाको सत्यवती गाउँपालिका र कालीगण्डकी गाउँपालिकाको सीमाना बड्हरे खोलामा खोला बढेर आवात जावतमा समस्या भएपछि स्थानीयहरु मिलेर फड्के पुल निर्माण गरेको स्थानीय खडगबिर थापाले जानकारी दिए । दैनिक ३० जना जति युवाहरु मिलेर तीन दिनमा पुल निर्माण गरेको थापाले बताए ।

सो पुल निर्माण गर्दा खाजा र आवश्यक पर्ने सामानहरुको स्थानीय खडगबिर थापा, कृष्णप्रसाद भट्टराई र आत्मराम भट्टराईले ब्यबस्थापन गरेका हुन् । सो फड्के पुल निर्माण भएपछि बर्षायामको समयमा पनि आवत जावत गर्नका लागि सहज भएको कालीगण्डकी गाउँपालिका वडा न १ हर्मिचौर बकेवाका बिरेन्द्र अर्यालले जानकारी दिए । खोला बढ्दा पैदल यात्रीहरुलाई बढी जोखिम हुने र खोलाले ज्यान समेत लिन सक्ने भएकाले स्थानीयहरु मिलेर फड्के पुल निर्माण गरिएको अर्यालले दाबी गरे ।

सत्यवती गाउँपालिका वडा नं २ पाँहादी र कालीगण्डकी गाउँपालिका हर्मिचौरको मितेरी साइनो रहेको स्थानीय खडगबिर थापाले बताए । बर्षाले खोला बढेपछि सो सम्बन्ध टुटने हो की भन्ने आफूहरुलाई चिन्ता लाग्दै आएको स्थानीयहरुले बताएका छन् । अहिले सो फड्के पुल निर्माण भएपछि मोटरसाइकल र पैदल यात्रा गर्नमा सहज भएको स्थानीयहरुले बताएका छन् ।

सो फड्के पुल निर्माणका लागि काठको ब्यबस्थापन पाँहादीले गरेको थियो भने बाँसहरुको ब्यबस्थापन बकेवाका स्थानीयहरुले गरेका थिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D