काठमाडौं, २७ असार । गुल्मी जिल्लाका छुट्टाछुट्तै स्थानहरुमा सनराइज बैंकको शाखा र मेगा बैंकको नयाँ एक्सटेन्सन काउन्टर खुलेका छन् । जिल्लाको धुर्कोट गाउँपालिकामा सनराईज बैंकले आफ्नो शाखा विस्तार गरेको छ । त्यस्तै रुरु गाउँपालिका पनि मेगा बैंकले आफ्नो नयाँ एक्स्टेन्सन काउन्तर खोलेको छ । धुर्कोटमा खुलेको सनराईज बैंकको शाखा स्थापनाबाट बैंकले ग्राहकलाई थप विस्तारित, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ सेवा पु¥याउने उद्देश्य लिएको बैंकले बताएको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले ९० वटा शाखा, २२ वटा शाखारहित बैंकिङ सेवा ३ वटा एक्सटेन्सन काउन्टर, १ सय वटा एटीएममार्फत चार लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
उता मेगा बैंक नेपाल लिमिटेडले गुल्मीको रुरु गाउँपालिका सहित अन्य थप ६ वटा नयाँ एक्सटेनसन काउन्टरहरु विस्तार गरेको हो ।
गाउँ–गाउँमा शाखा सञ्जाल विस्तार गर्ने क्रममा मेगा बैंकले गुल्मीका अलावा सुनसरी जिल्लाको बराहा नगरपालीकाको चक्रघाँटीमा, सुनसरी जिल्लाका कोशी गाउँपालीकाको लौकहिमा, अर्घाखाँची जिल्लाको मालारानी गाउँपालीकामा, धनुषा जिल्लाको मिथिलाबिहारी नगरपालीकाको तारापाटीमा र पाल्पा जिल्लाको माथागढी गाउँपालीकामा गरि ६ नयाँ एक्सटेनसन काउन्टरहरु विस्तार गरेकोे हो ।
यो सँगै बैंकको एक्सटेन्सन काउन्टर संख्या १४ पुगेको छ । ९८ वटा शाखा रहेको मेगा बैंकका ७४ वटा एटीएम सञ्जाल, ११९ वटा शाखारहित केन्द्रहरु र २ हजारभन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।
बैंकिङ सुविधा नपुगेका ग्रामीण भेगमा अत्याधुनिक बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले मेगा बैंकले एक्सटेनसन काउन्टर विस्तारलाई तीव्रता दिइरहेको छ । आउने आर्थिक बर्षमा समेत थप शाखा कार्यालयहरु, एक्शटेनसन काउन्टर, एटीएम सञ्जाल, शाखारहित केन्द्रहरु र मेगा रेमिट एजेण्टहरु खुल्ने बैंकले जनाएको छ ।