कोरोनाजिल्ला समाचार

गुल्मीमा क्वारेन्टाइनमा बसेका ११० जना घर फर्किए

रासस
गुल्मी, बैशाख ०४ । जिल्लाका विभिन्न स्थानीय तहमा क्वारेन्टाइनमा रहेका ११० जना व्यक्ति घर फर्किएका छन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन जिल्ला बाहिर र भारतबाट घर फर्केका उनीहरुलाई कोरोनाको कुनै लक्षण नदेखिएको हुँदा सातदेखि १४ दिनसम्म सम्बन्धित स्थानीय तहमा क्वारेटाइनमा राखेर घर पठाइएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा. भवानीप्रसाद शर्माले बताउनुभयो ।

जिल्लाका छ पालिका क्वारेन्टाइनमा अझै ३२ व्यक्ति बसिरहेका छन् । स्वास्थ्य कार्यालय गुल्मीले जिल्लाका मदाने, धुर्कोट, गुल्मीदरबार र रुरुक्षेत्रका क्वारेन्टाइनमा रहेका २५ जनाको ¥यापिड टेष्टसमेत गर्दा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा. शर्माले जानकारी दिनुभयो ।

मंगलबार रुरुक्षेत्र गाउँपालिकावाट थप एक जनाको स्वाब परीक्षणका लागि बुटवल पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker