जिल्ला समाचार

गुल्मीमा कुन पार्टीको कति मत

पहिलो एमाले, दोस्रो काँग्रेस र तेस्रोमा माओवादी केन्द्र

शिव सुबेदी
गुल्मी । गत असार १४ गते भएको दोस्रो स्थानीय तह निर्वाचनमा गुल्मीमा नेकपा एमाले पहिलो भएको छ । एमालेले जिल्लामा दोस्रो पार्टी भएको नेपाली काँग्रेसले भन्दा १३ हजार बढी मत ल्याएको छ । प्रमुख निर्वाचन अधिकृतको कार्यालय रेसुङ्गानगरपालिकाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एमाले पहिलो शक्ति बन्दै १३ हजारभन्दा बढी मत ल्याएको हो ।

एमालेले जिल्लाभर ४८.८ प्रतिशत मत प्राप्त गरेको छ भने १२ स्थानीय तहमध्ये ५ स्थानमा मात्र माओवादी केन्द्रसँग तालमेल गरेको कांग्रेसले सो पार्टीको मतसहित ३७.९४ प्रतिशत मत प्राप्त गरेको छ । माओवादी केन्द्रले धेरै स्थानमा रुख चिन्हबाट उम्मेदवारी दिएकोले मत प्रतिशत एकदम कम प्राप्त गरेको देखिएको छ । माआवादी केन्दको जम्मा १२.०७ प्रतिशत मत प्राप्त गरेको छ । जुन नगरपालिका प्रमुख उमेदवारको मात्रै हो । जिल्लाका कुल १ लाख ८० हजार ७ सय ७५ मतदाता रहेकोमा १ लाख २६ हजार ३ सय ७४ मत अर्थात ६९.९१ प्रतिशत खसेको प्रमुख निर्वाचन अधिकृत मातृकाप्रसाद मसारीनीले जानकारी दिए । उनले दिएको जानकारी अनुसार खसेका कुल मतमध्ये ५ हजार ७ सय ८७ मत वदर भएको थियो ।

सदर मतमध्ये नेकपा एमालेले जिल्लाभर ५८ हजार ८ सय १७ मत प्राप्त गरेको छ । माओवादी केन्द्रसहित कांग्रेसले ३७ हजार ४५ हजार ७ सय ५६ मत प्राप्त गरेको छ । धेरै स्थानमा कांग्रेससँग रुख चिन्ह लिएर उमेदवारी दिएको माओवादी केन्द्रको मत संख्या भने निकै कम देखा परेको छ । उसले ५ स्थानीय तहमा कांग्रेससँग तालमेल गरेकोले मत संख्याको महल शुन्य रहेको छ ।७ स्थानीय तहको प्रमुख उमेदवारको मात्रै मत संख्या गणना भएको माओवादी केन्द्रले जम्मा १४ हजार ५ सय ४९ मत प्राप्त गरेको तथ्याङ्कमा उल्लेख छ ।

प्रमुख दुई दल एमाले र कांग्रेस मध्ये एमाले काँग्रेसभन्दा १३ हजार ६१ मतले अगाडि देखिएको छ । जिल्लाभर ८ सय ८४ मत ल्याएर राष्ट्रिय प्रजातन्त्र पार्टी चौथो शक्तिका रूपमा उदाएकोृ छ । ३ सय ३८ मत ल्याएर राष्ट्रिय जनमोर्चा पाँचौं शक्तिका रूपमा स्थापित भएको छ । नयाँ शक्ति नेपालले जिल्लाभर ९२ मत ल्याएर छैठांै शक्ति र २२ मत ल्याएर अखण्ड नेपाली पार्टी सातौं शक्ति बनेको छ । बरु जिल्लाभरका स्वतन्त्र उमेदवारले १ सय २९ मत ल्याएका छन् । तर क्रियाशील राजनैतिक दलका रूपमा स्थापित भएर विकासे कार्यक्रम बाँडफाँडमा दलिय सहमति खोज्दै टेवुल बजार्ने नेपाल परिवार दल र नेकपा मालेले एक मतसम्म ल्याउन सकेनन् । सबै दलको मत संख्या नगर र गाउँप्र्रमुखको मत संख्यामा मात्र आधारित रहेको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D