अनिल खत्री
१४ पुस, गुल्मी । गुल्मीमा नवजात शिशुको शव फेला परेको छ । जिल्लाको रुरु क्षेत्र गाउँपालिका वार्ड नम्बर १ कालीगण्डकी तट नजिकै नबजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक चुरामणी पुनले बताए ।
भेटिएको शब कस्को हो भन्ने केहि नखुलेको प्रहरीले जनाएको छ । शवलाई थप अनुसन्धान र पोस्टमार्टम को लागि गुल्मी अस्पतालमा ल्याइएको छ ।
घटनाबारे थप अनु्सन्धान भइरहेको प्रहरी निरिक्षक पुनले बताए ।