कोरोनाजिल्ला समाचार

गुल्मीमा कारोना संक्रमित घटदै, ५ जना मात्रै आइसोलेसनमा

अनिल खत्री
९ साउन, गुल्मी । गुल्मीमा कोरोना संक्रमित संख्या घटदै गएको छ । जिल्लामा ५ जना मात्रै उपचारमा रहेका छन् । जिल्लामा कुल संक्रमित ३ सय ५६ मध्ये ३ सय ४८ जना कोरोना मुक्त भएर घर फर्केको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।

कोरोना मुक्त भएर घर फर्किनेहरुमा २८९ जना पुरुष र ५९ जना महिला रहेका छन् । कुल संक्रमितमध्ये केहि जिल्ला बाहिर चेक गराएका तर यस जिल्लामा गणना भएकाहरु हुन् ।

कोरोना संक्रमितमध्ये आइशुलेसनमा रहेकाहरुमा गुल्मीदरवार गाउँपालिकामा २ जना र सत्यवति गाउँपालिकामा ३ जना गरि ५ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

जिल्लामा लक्षण नदेखिएका कोरोना संक्रमितको पुनः परीक्षण नगरी १४ दिन आशुलेशनमा राखेर घर पठाउने गरिएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्देशनअनुसार आइशुलेसनमा बसेको १४ दिनसम्म कुनै लक्षण नदेखिएपछि घर पठाउन सकिने प्रावधान बनाइएको छ ।

संक्रमितहरु भारतबाट आएर क्वारेन्टीनमा बसेको बेला कोरोना संक्रमण पुष्टि भएको हो । जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ । जिल्लाबाट १ हजार ९ सय ९४ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ५६ जनाको रिर्पोट आउन बाँकी रहेको छ ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker