जिल्ला समाचार

गुल्मीमा कांग्रेसजन महिलाहरुले रमाइलो गर्दै दर खाए

प्रेम सुनार

गुल्मी, साउन–२४ । निलो साडी , आजकल चलेको ब्लज , शिरमा चन्द्रमा–क्लिप, कानमा झुम्का, गलामा हार र रातो पोते सहितको मंगलसुत्र र विन्दीयामा सजिएकी विन्दु पन्थी सापकोटा एक कार्यक्रममा तिज गीतमा झुम्ने पहिलो पात्र थिईन ।

नाच्नु पुर्व उनले नेपाली कांग्रेस गुल्मीकी पार्टी सचिव विष्णुकुमारी सापकोटा र महिला विभाग प्रमुख अमृता देवि कुँवर लगायतका दिदी वहिनीहरु संग तस्वीर खिचाईन । त्यस पछि तिज गितमा झुम्न थालेकी उनि नृत्यमा आकषर्णको केन्द्र बनेकी थिईन । विवाहको पहिलो वर्षको तिज गित कार्यक्रम उनका लागि हर्ष–उल्लासपुर्ण हुनु स्वभाविकै हो ।

शुक्रवार नेपाल महिला संघ , रेसुङ्गा नगर समितिले पार्टी कार्यालय विपी स्मृति भवनमा राखेको दरखाने कार्यक्रमको कुरा थियो त्यो । संघको ७१ औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा पन्थी सापकोटा झुमी सके पछि अरु दुई वटी महिला आएर उनलाई पनि टक्कर दिने गरी झुम्न थाले ।

कांग्रेस निकट महिलाहरु केहि वर्ष अघि सम्म निकै भड्किलो पहिरनमा देखिन्थे तर हिजो त्यस कार्यक्रममा आम महिलाहरु कै पहिरन र गहनामा देखिएका थिए ।

पार्टी सभापति भुवनप्रसाद श्रेष्ठद्धारा उद्घाटन भएको कार्यक्रममा सचिवद्धय खिलध्वज पन्थी र विष्णुकुमारी सापकोटा, कोषाध्यक्ष हरिबहादुर केसी , जिल्ला सदस्थ थम्मन केसी , महिला विभाग प्रमुख कुँवर , नगरसभापति छवि पाण्डे लगायतले आतिथ्यता गदैं गएराती अवेर सम्म तिज गित नाचको मज्जा लिई रहेका थिए ।

खिर तरकारी अचार पनि साँझ अवेर सम्म नाच्दै थाक्दै खाँदै गरिरहेका थिए । महिला संघ रेसुङ्गा नगरसभापति सिता पाण्डेको अध्यक्षता सम्पन्न कार्यक्रममा सचिव कल्पना रिजाल पन्थीको सञ्चालन रहेको थियो । हेरौ तस्वीरमा कार्यक्रमका केहि झलकहरु

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker