जिल्ला समाचार

गुल्मीमा कर शिक्षा तथा अन्तर्कृया कार्यक्रम सम्पन्न

गुल्मी साउन ११ । गुल्मीको सदरमुकाम तम्घासमा कर शिक्षा तथा अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । गुल्मीको उद्योग वाणिज्य संघको आयोजना तथा करदाता सेवा कार्यालय पाल्पाको संयोजनमा कर शिक्षा तथा अन्तर्कृया कार्यक्रम गरिएको गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष श्रीप्रसाद भलामीले बताउनुभयो ।

कार्यक्रममा गत श्रावण एक गतेदेखि लागु भएका विभिन्न करका दर तथा दायराको विषयमा छलफल भएको हो । कर सेवा कार्यालय पाल्पाका कार्यालय प्रमुख सागर पोख्रेलले कार्यक्रममा कर शिक्षाको बारेमा जानकारी दिनुभएको थियो ।

कार्यक्रममा सहभागीहरुले करका बिषयमा विभिन्न जिज्ञासाहरु समेत प्रस्तुत गर्नुभएको थियो । उठेका जिज्ञासाहरुको कर सेवा कार्यालय पाल्पाका कार्यालय प्रमुख पोख्रेलले सहजीकरण गर्नुभएको थियो । गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव तारा प्रसाद भुसालले गर्नुभएको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D