gulminews logo
सोमबार, २०७९ जेष्ठ ९

गुल्मीमा करिव ७० हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने

अनिल खत्री
२१ चैत, गुल्मी । गुल्मी जिल्लामा करिव ७० हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने भएको छ । १५ महिनादेखि १५ वर्ष उमेर समुहका बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिइने भएको हो ।

टाइफाइड विरुद्धको खोप देशभरी एकै चरणमा २०७८ चैत्र २५ देखि २०७९ वैशाख १८ गते भित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । टाइफाइड विरुद्धको खोप लगाइने तयारीका सम्बन्धमा आयोजित कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले सबै तयारी पुरा गरिएको जानकारी गराएको थियो ।

कार्यालयले सोमबार जिल्ला खोप समन्वय समिति र संचार क्षेत्रसँग कार्यक्रम गरेको थियो । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय गुल्मी प्रमुख पशुपति आचार्यले जिल्लाका ९३ वटै स्वास्थ्य चौकीबाट टाइफाइड विरुद्धको खोप लगाइने तयारीको बारेमा जानकारी गराएका थिए ।

उनले यो खोप नेपालमा नयाँ भएकाले सबै स्वास्थ्य कर्मीहरुलाई तामिल दिएर स्वास्थ्य संस्थामा फर्की सकेको बताए । नेपालमा विगत ५ वर्षको तथ्याङ्क अनुसार हरेक वर्ष करिब ४ लाख ५० हजार जना टाइफाइड संक्रमित हुने गरेको तथ्याङ्क पाइएको छ ।

विगत ३ वर्षको तथ्याङ्क अनुसार पानी र खानेकुराबाट हुने संक्रामक रोगहरूमध्ये टाइफाइड तेस्रो स्थानमा रहेको छ । अस्पताल भर्ना हुने विरामीहरू मध्ये चौथो कारण यहि रोग रहेको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख आचार्यले जानकारी गराएका थिए ।

यो शुरुमा १५ महिना देखि १५ वर्षमुनिका बालबालिकाहरूलाई अभियानको रुपमा एक मात्रा खोप दिइने भएको छ । त्यसपछि नियमित खोप मार्पmत १५ महिनाको उमेरमा एक सवै वालबालिकाहरु लाई १ मात्रा खोप निरन्तर उपलब्ध गराउने भएको छ ।

हाल नेपालमा प्रयोग गरिने खोप M Typhoid Conjugate Vaccine (TCV) “TYPHIBEV” यो खोप भारतको Biological E. Limited बाट उत्पादन भएको हो । यो खोप विश्व स्वास्थ्य संगठनबाट गुणस्तर प्रमाणित (WHO prequalified) खोप हो ।

यो खोपको प्रभावकारिता ९६.९५% सम्म रहेको अध्ययनले देखाएको छ । यो खोप रङ्ग विहिन, सफा झोलको रुपमा ५ मात्राको भायलमा उपलब्ध हुन्छ ।

एउटा भायलमा २.५ मि.लि हुन्छ । यो खोप एक मात्रा ०.५ मि.लि. दिइन्छ । यो खोपको भायलमा भि.भि.एम. रहेको हुन्छ ।

खोपको मात्रा ०.५ मि.लि. खोप लगाउनु पर्ने पटक ः एक पटक रहेको छ । कोल्ड चेन व्यवस्थापन सवै तहमा ं२० से. देखि ं८० से. तापक्रम कायम राख्नु पर्ने हुन्छ । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुली,उपप्रमुख तुल्सीदेवी श्रेष्ठ, रेसुङ्गा नगरपालिका नगरप्रमुख डिल्लीराज भुसाल, प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले टाइफाइड विरुद्धको खोप अभियान सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता दिएका थिए ।

उनिहरुले यो अभियान सफल बनाउन आम जिल्ला वासीले आफनो क्षेत्रबाट सहयोग गर्न आग्रह गरे ।

यो पनि पढ्नुस्

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D