gulminews logo
शुक्रबार, २०७९ जेष्ठ ६

गुल्मीमा एक हप्ता निषेधाज्ञा (कफ्र्यू) आदेश जारी

Share on facebook
Share on twitter
Share on whatsapp
Share on email

टोपलाल अर्याल
गुल्मी, ११ चैत। विश्वभरि फैलिएको कोरोना भाइरस (कोविड–१९) को संक्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यालय गुल्मीले मंगलबारदेखि निषेधाज्ञा (कफ्र्यू) जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकपछि जिल्ला प्रशासन कार्यालय गुल्मीको एक बिज्ञप्ती जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ­(३) अनुसार चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।

निषेधाज्ञाको अवधीभर आपतकालीन र अत्यावश्यक काम बाहेक घरबाट बाहिर हिँडडुल नगर्न बिज्ञप्ती मार्फत आग्रह गरिएको छ । सोमबार राति १२ बजेबाट ‘लक डाउन’ गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीले मंगलबार अर्को निर्णय गरेको हो । भोजनालय, खाद्यान्न तथा फलफूल, एवं तरकारी, औषधी पसल लगायत अस्पताल तथा स्वास्थ्य केन्द्रहरु, मालबाहक सवारीका साधनहरु, सरकारी छापाखाना र सञ्चार सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी वितरण, पेट्रोलियम पदार्थको वितरण, फोहरमैला संकलन तथा ढुवानी एवं विद्युत सेवा वाहेकका अन्य सबै सेवा बन्द गर्ने निर्णय बैठकले गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी लक्ष्मण पाण्डेयले बताए । निषेधाज्ञाको उल्ङघन भए नियन्त्रणमा लिएर संक्रामक रोग ऐन, २०२० अनुसार एक महिनादेखि ६ महिना कैद हुने बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

यो पनि पढ्नुस्

मेयर पन्थीका उत्साहित संकल्प: साढे दुई घण्टामा बुटवल–तम्घास, भ्रष्टचार हुन दिन्न, सिफारिस नपाएर रुन दिन्न

टोपलाल अर्यालगुल्मी, १ जेठ । रेसुंगा नगरपालिका नव–निर्वाचित मेयर खिलध्वज पन्थीले नगरमा अब कसैले भ्रष्टचारको

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D