gulminews logo
बिहीबार, २०७९ असार १६

गुल्मीमा एक हप्तामा ३ दुर्घटना, मापासे गर्ने चालकबिरुद्ध सार्वजनिक मुद्धा

गुल्मी, १८ पुस
गुल्मीमा पहिले निकै ठुला सवारी दुर्घटना भएका छन् । दुर्घटनाका कारण कैयौका आफन्त गुमे । कतै गाउँनै रित्ता भएका छन् । दुर्घटनाको केहि समय आफन्तलाई पीडा हुन्छ । नेता तथा सरोकारवालाले केहि बहस र भाषण ठोक्छन् । तर, नागरिक सवार सवारी दुर्घटनाको खासै अनुसन्धान हुँदैन । वास्तविक कारण र अवस्था बाहिर आउँदैन । केहि समयपछि बिषय हराउँछ । मर्ने मरे, पीडा पाउनेले पाए । यात्रुलाई प्राय आफु सवार सवारी र चालकको अवस्था पत्तो हुँदैन् । तर, पछिल्लो एक हप्तामा मात्रै तीन दुर्घटनाका चालकले मदिरा सेवन गरेर सवारी चलाएको पाइएको छ । प्रहरीले त्यस्ता चालकलाई पक्राउ गरेर सार्वजनिक मुद्धा चलाएको ।

एक हप्ताका तीन दुर्घटना

गत पुस १६ गते रेसुंगा नगरपालिका २ उदिनढुंगा स्थित तम्घास–सिमलटारी सडकखण्डमा लु १ ख ९४७४ नम्बरको बसले लु २ ख ४३७० नम्बरको फोर्स गाडीलाई ठक्कर दियो । गाडीलाई क्षति पुग्यो । मानवीय क्षति भएन् । चेकजाँज गर्दा चालक रुरु क्षेत्र ४ का ४३ बर्षीय तिल बहादुर खासुले मादक पदार्थ सेवन गरेको पाइएपछि प्रहरीले पक्राउ ग¥यो । सोहि दिन रेसुंगा नगरपालिका १० सिमिचौर स्थित तम्घास–सिमिचौर सडकखण्डमा लु ४ त २६९६ नम्बरको टयाक्टरले लु १ क १४९१ नम्बरको स्कुल बसलाई ठक्कर दियो । प्रहरीले ट्याक्टर चालक बाग्लुङ बडिगाड गाउँपालिका ९ घर भई रेसुंगा नगरपालिका १ बस्ने ३४ बर्षीय टेक बहादुर घर्तिलाई पक्राउ ग¥यो । बसलाई मात्र क्षति पुग्यो । तर, बिद्यार्थी केहि भएनन् । कल्पना गरौ त स्कुल बस सडकबाट खसेको भए कस्तो हुन्थ्यो । बस निकै ठुलो दुर्घटना र क्षतिबाट बचेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक सन्तोष चन्दले बताए ।

गत पुस १२ गते पनि अर्घाखाँचीको सन्धिखर्क देखी गुल्मीको भेडुवा तर्फ जादै गरेको लु १ ज ४३५२ नंम्बरको गाडी गुल्मीदरबार गाउँपालिका ३ राजा स्थित स्थानीय भुपाल थापाको घरमा ठोक्कियो । दुर्घटनामा घरको पालीमा क्षेति पुग्यो । गाडीमा सवार ५ जना यात्रु सकुशल रहे । प्रहरीले चेकजाँच गर्दा चालक कृष्ण बहादुर थापाले मादक पदार्थ सेबन गरेको पाइएपछि पक्राउ गरेर सार्बजनिक मुद्धा चलाएर थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक चन्दले जानकारी दिए ।

पहिले ट्राफिक जरिवाना, अहिले मुद्धा

बिहान–बिहानै चालकले मादक पदार्थ खाएर सार्वजनिक वा प्राइभेट गाडी चलाउनु कतिसम्मको लाजमर्दो बिषय होला । यो बिषय यातयात व्यावसायी र गाडी मालिकले जानकारी नपाएका पक्कै छैनन् । तर, नियमन तथा नियन्त्रण प्रहरी प्रशासनले गर्दिनुपर्ने प्रवृति मौलाएको छ । प्रहरीसंग मापासे पत्ता लगाउने छुट्टै प्रविधि छैन् । शंका लागेमा मात्रै सुँघेर वा स्वास्थ्य परिक्षण गर्ने गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक गोपालचन्द्र भटराईले जानकारी दिए । पहिले मापासे गर्नेहरुलाई ट्राफिक जरिवाना गरेर छाड्ने गरिएको थियो । तर, प्रवृति दोहोरिन थालेपछि अब सार्वजनिक मुद्धानै दर्ता गरेर कारबाही गर्न थालेको प्रहरी उपरिक्षक भट्राईले बताए । ‘मापासे गरेर नागरिकको ज्यान जोखिममा राखेर गाडी चलाउन पाइदैन । स्वयम चालक, यात्रु, सवारीधनी र व्यावसायीले बिचार गर्नुप¥यो,’उनले भने,‘अबदेखि मुद्धा दर्ता गरेर कडा कारबाही गर्छौ ।’

यो पनि पढ्नुस्

बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन मुसिकोट नगरपालिकाको अभियान

सागर भण्डारीगुल्मी,असार १५ । गुल्मीको मुसिकोट नगरपालिकाले सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन अभियान थालेको छ

पछिल्ला अप्डेट

सिफारिस

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D