जिल्ला समाचार

गुल्मीमा एक बालक दुई हप्तादेखी बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

अनिष पन्थी
गुल्मी, पुष २१ । गुल्मीका एक बालक केही दिनदेखी बेपत्ता भएका छन् । गुल्मीको रेसुङ्गा नगरपालिका ९ उपल्लो तम्घास घर भएका १२ वर्षिय सुजल बिक यही पौष ७ गतेदेखी सम्पर्कमा नआएको परिवारले जनाएको छ ।

हराइरहेका बिकले सेतो हाइनेक, पहेलो टिसट, कालो रङ्गका पाइन्टर जुत्ता र सेतो टोपी लगाएका छन् । बेपत्ता बालक उपल्लो तम्घास माध्यमिक बिधालयको कक्षा ४ मा अध्यन गर्दै आएका थिए।

खोजीकार्य भईरहेपनि अझै सम्पर्कमा आउन नसकेपछि परिवारले प्रहरी समक्ष निवेदन दिएको हो । कालो वर्ण भएका सुजललाई भेटाएमा नजिकको प्रहरी कार्यलय वा बालकको आमा कमला बिकको फोन नं. ९८४७०१९१५५ मा सम्पर्क गर्न सकिनेछ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D