जिल्ला समाचार

गुल्मीमा एक बर्षमै डेढ सय सम्बन्ध बिच्छेदका मुद्दा दर्ता, बैदेशिक रोजगारपछिको पारिवारीक बिचलन मुख्य कारण

टोपलाल अर्याल
गुल्मीमा आर्थिक बर्ष ०७४÷०७५ मा एक सय ४७ वटा सम्बन्ध बिच्छेदका मुद्धा जिल्ला अदालत गुल्मीमा दर्ता भएका थिए । जसमा एक सय २८ मुद्धा फर्छयौट भएका छन् । भने १९ जना मुद्धा प्रक्रियामै रहेको जिल्ला अदालत गुल्मीले जनाएको छ । साथै आर्थिक बर्ष ०७४÷०७५ मा जवरजस्ती करणीका १७ मुद्धा दर्ता भएका छन् ।

जसमा एउटा हाडनाता करणी समेत रहेको छ । १७ मुद्धामा नौ वटा फर्छयौट भएको जिल्ला अदालतका सुचना अधिकारी समेत रहेका श्रेस्तेदार दुर्गा प्रसाद बस्यालले बताए । भने आठ वटा मुद्धा प्रक्रियामा रहेको अदालतले जनाएको छ । त्यस्तै अंश सम्बन्धि ५१, नाता कायमका १६, बहुबिबाहका नौ बालबिबाह दुई र मानाचामलका ३५ मुद्धा दर्ता भएका थिए । त्यस्तै सामाजिक अपराधका ५०, जालसाजीका १४, ज्यान मुद्धा ११, गाली बेइज्जतीका १३ र चोरीका चार मुद्धा दर्ता भएका थिए ।

बैदेशिक रोजगारपछिको पारिवारीक बिचलन
जिल्ला अदालतमा आएका सम्बन्ध बिच्छेदका मुद्धाको प्रकृति हेर्दा प्रमुख कारण बैदेशिक रोजगारपछिको पारिवारीक बिचलन रहेको छ । महिलाहरुले दर्ता गरेका मुद्धामा कारण खान लगाउन नदिएको, गाली ग्लौज गर्ने र कुटपीट गरेको, पारिवारीक संरक्षण नभएको लगायतका छन् । भने अहिले अधिकांश पुरुषले श्रीमतीले घर व्यवहार चलाउन नसकेको, पैसा हिनामिना गरेको, परपुरुषसँग सम्बन्ध राखेको र आफुलाई अनावश्यक मानसिक तनाव दिएको लगायतका कारण देखाउँदै सम्बन्ध बिच्छेदका लागि अदालतमा मुद्दा दर्ता गराएको श्रेस्तेदार दुर्गा प्रसाद बस्यालले बताए । यी सवैको गहिराइमा कारण बैदेशिक रोजगार रहेको उनले बताए ।

यस अघिका समग्र सम्बन्ध बिच्छेदको कारण भने पति बिदेश पत्नी अर्कैसंग हिड्ने, कम उमेरमा बिबाह, मदिरा सेवन, सामाजिक संजालको दुरुपयोग लगायतका रहेका छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D