मुख्य हेडलाईन

गुल्मीमा एकै घरका ४ जना पहिरोमा पुरिए: १ को शव फेला, ३ बेपत्ता

अप्डेट: गुल्मीमा घरमा पहिरो खस्दा सुतिरहेका ४ जनाको मृत्‍यु

रूपन्देही, साउन १६ । गुल्मीको रुरु गाउँपालिका–५ आँटीपाटामा शुक्रबार गएको पहिरोमा एकैघरका चार जना पुरिएका छन् । एक बालकको शव फेला परेको छ । तीन जना बेपत्ता छन् ।
घर माथिबाट ढुंगासहित बगेर आएको पहिरोले राजु माझीको घर बगाएको हो ।

पहिरोमा पुरिएर उनकी श्रीमती विना माझी, १२ वर्षभन्दा कम उमेरका दुई छोरा सागर र हेमन्त पहिरोमा बेपत्ता छन् । करिब ४ वर्षीया छोरी विनिताको शव फेला परेको छ ।

साँझ ६ बजेपछि परेको मुसलधारे वर्षाले पहिरो गएको र पहिरोमा तीन जना बेपत्ता र एक जनाको मृत्यु भएको वडअध्यक्ष हरि ज्ञवालीले बताए । ‘तीन जना पहिरोमै बेपत्ता छन्,’ उनले भने, ‘एक जना बालिकाको मृत्यु भएकै अवस्थामा शव फेला परेको छ ।’ पानी परिरहेकाले उद्धार र खोजीमा समस्या भइरहेको उनले बताए ।

घटनास्थल गुल्मीको सदरमुकाम तम्घासबाट झण्डै ४० किलोमिटर पूर्वमा पर्छ । घटनास्थलमा रिडी र श्रृंगा प्रहरी चौकीबाट प्रहरी जाँदै गरेको र थप विवरण आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।
घनश्याम गौतम/कान्तिपुर डट कमबाट

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker