जिल्ला समाचार

गुल्मीमा उप–निर्वाचन : नेकपाले लगायो उम्मेद्धारको टुङ्गो

हुमाकान्त पोखरेल
गुल्मी, १५ कात्तिक । आगामी मंसिर १४ गते हुने उप–निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीले उमेद्धारको टुङ्गो लगाएको छ । गुल्मीको रुरु गाउँपालिका वडा नम्बर ६ रिमुवामा अध्यक्ष पदको लागि नेकपाले गिरी सिञ्जालीको नाम सर्वसम्मत चयन गरेको नेकपा गुल्मीका सचिव विर बहादुर कार्कीले जानकारी दिए । सिञ्जाली सोहि वडाका वडासदस्य हुन् । उनलाई वडासदस्य पदबाट राजिनामा गराई वडाध्यक्ष पदमा उमेद्धार बनाइने सचिव कार्कीले जानकारी दिए ।

नेपाली काङ्ग्रेसले भने अझै उमेद्धारको टुङ्गो लगाएको छैन । पार्टीका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठले अबको केहि दिनमै उमेद्धारको नाम सर्वसम्मत रुपमा चयन गरिने बताए । तर पहिलेकै उमेद्धारको नाम चयन गर्ने सम्भावना रहेको उनले बताए । रुरु गाउँपालिकामा स्थानीय तहको निर्वाचनमा काङ्ग्रेस र पूर्व माओवादी केन्द्रको तालमेल रहेको थियो । तर पूर्व एमालेले गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित वडा नम्बर ६ मा पनि जित हाँसिल गरेको थियो ।

वडा नम्बर ६ का वडाध्यक्ष पुर्ण बहादुर रेगामीको २०७५ साउन १३ गते निधन भएको थियो । उनले ६२८ मत ल्याएका थिए भने उनको प्रतिद्धन्ति नेपाली काङ्ग्रेसका वेद बहादुर दर्लामीले ६१९ मत ल्याएका थिए । २०७४ को प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचन अनुसार उक्त वडामा कुल एक हजार ९६७ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख राजेन्द्र प्रसाद पोखरेलले जानकारी दिए ।

गुल्मीदरबार गाउँपालिका वडा नम्बर ७ का वडासदस्य थम्मन बहादुर बस्नेतको पनि ०७४ भदौ २६ गते निधन भएको थियो । तर वडाध्यक्ष, स्थानीय तहको उपाध्यक्ष, अध्यक्ष, प्रदेश र प्रतिनिधिसभा सदस्य बाहेक अन्य सदस्यहरुको हकमा पुन ः निर्वाचन हुने व्यवस्था छैन । जसले गर्दा गुल्मीदरबारमा पुन ः वडासदस्यको पदमा निर्वाचन नहुने कार्यालयका प्रमुख पोखरेलले स्पष्ट पारे ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D