gulminews logo
बुधबार, २०७९ जेष्ठ ११

गुल्मीमा उद्यमीहरुमाझ ऋृण प्राप्ती प्रकृया सम्बन्धी कार्यक्रम सम्पन्न

अनिल खत्री
१० बैशाख, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा उद्यमीहरुलाई व्यवसायीक योजना तयारी र ऋृण प्राप्ति प्रकृया सम्बन्धी सहजीकरण कार्यक्रम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले जिल्ला स्थित बिभिन्न उद्यमीहरुको सहभागितमा उद्यमीहरुलाई व्यवसायीक योजना तयारी र ऋृण प्राप्ति प्रकृया सम्बन्धी सहजीकरण कार्यक्रम गरेको हो ।

उद्यमीहरुले आफ्नो व्यवसाय गर्दा व्यवसायीक योजना तयारी र ऋण कसरी लिने कहाँबाट लिने भन्ने जानकारी दिने उदेश्यले कार्यक्रम गरिएको हो । कार्यक्रमम घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख लक्ष्मण घिमिरले व्यवसायीक योजना तयारी र ऋृण प्राप्ति प्रकृया सम्बन्धी बिभिन्न जानकारी मुलक प्रस्तुती राखेका थिए ।

सहभागिलाई वित्तिय सेवामा पहुँच तथा वित्त व्यवस्थापन सम्बन्धी जानकारी गराइएको हो । कार्यक्रममा गुल्मी उद्योग बाणिज्य संघ गुल्मीका अध्यक्ष इश्वरीप्रसाद पौडेलले घरेलु उत्पादनलाई राज्यले जति प्रथामिकता दिनुपर्ने हो त्यति दिन नसकेको बताए । उद्यम गर्दै गर्दा व्यवसायिक शिक्षा कमी भएको पौडेलले बताए । उत्पादन भएका वस्तुलाई आर्थिक व्यवस्थापन कसरी गर्ने भन्ने चुनौती रहेको पौडेलले बताए ।

घरेलु उद्यमीहरु थोरै उत्पादन गर्दा धेरै उत्पादन भएको वस्तुमा मुल्यमा अन्तर आउने बताए । बजारीकरणको लागि उचित तालिम र व्यवसायिक सहुलियत कर्जा प्राप्ति कसरी गर्न सकिन्छ भनेर त्यसमा पहल गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा चौथो गुल्मी महोत्सवमा घरेलु क्षेत्रबाट उत्पादित वस्तुहरुको प्रर्दशनमा सहभागिहरुलाई प्रमाण पत्रले सम्मान गरिएको थियो । महोत्सवमा व्यवसायिकहरुले महोत्सवमा आफना उत्पादनलाई सबैसामु चिनाउन सफल भएको बताएका थिए । यसले गर्दा बजारी करणमा टेवा पुग्ने अपेक्षा व्यवसायिहरुको रहेको छ ।

यो पनि पढ्नुस्

धुर्कोटको निर्णय: विद्युतीय चुलो र घरको बीमामा छुटदेखि नि:शुल्क आवासीय शिक्षासम्म

हुमाकान्त पोखरेलगुल्मी, १० जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतिय चुलो खरिदमा छुटदेखि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D